मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुलेखानी-फाखेल- सिस्नेरी सडक दुईतर्फी नै सञ्चालनमा

कुलेखानी-फाखेल- सिस्नेरी सडक दुईतर्फी नै सञ्चालनमा

images
२०८१ कार्तिक ५ गते, सोमवार
२०८१ कार्तिक ५ गते, सोमवार
  • काठमाडौं। हेटौंडा-काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडक दुईतर्फी नै खुलेको छ। सो सडक मर्मतका लागि एकतर्फी मात्र सञ्चालन गरिएको थियो।

    images

    मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    images

    गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो। तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो।

    सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend