मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वदेशी सीप र पूँजीमा बन्यो पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा अत्याधुनिक हवाइ इन्धन डिपो

स्वदेशी सीप र पूँजीमा बन्यो पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा अत्याधुनिक हवाइ इन्धन डिपो

images
२०८२ आषाढ १९ गते, बिहिवार
२०८२ आषाढ १९ गते, बिहिवार
  • पोखरा। पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण भएको छ। नेपाल आयल निगमको ५५ वर्षको ईतिहासमा पहिलोपटक सतप्रतिशत स्वदेशी सीप र पूँजीमा हवाइ इन्धन डिपोको निर्माण सम्पन्न भएको हो।

    images

    बिहीबार निर्माण स्थलमा नेपाल आयल निगम लिमिटेडको पोखरा हवाइ इन्धन भण्डारणगृह निर्माण परियोजनाले पत्रकार सम्मेलन गर्दै डिपोको निर्माण सम्पन्न भएको जानकारी दिएको हो। सो परियोजनाको लागत अनुमान ७५ करोड (भ्याट बाहेक) छ।

    images

    `नेपाल आयल निगम लिमिटेडले इतिहासमै पहिलो पटक सतप्रतिशत स्वदेशी सीप र पूँजीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल परिसरमा हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको छ।´हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले भने।

    `नेपाल आयल निगम लिमिटेडले ५५ बर्षको इतिहासमा पहिलो पटक सतप्रतिशत स्वदेशी परामर्शदर्ता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको पुनः जानकारी गराउन चाहन्छौं।´ पत्रकार सम्मेलनमा भनिएको छ।

    यसअघि भारतीय आयल निगमको सहयोगमा डिपो निर्माणको काम हुँदै आएको थियो।

    तत्कालिन् उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालको उपस्थितिमा २०८० साल साउन १ गते डिपोको निर्माणका लागि शिलान्यास भएको थियो। 

    सरकार र नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न बिमानस्थल निर्माण र संचालन गरिरहेको छ। यहाँबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने हवाइ इन्धन उपलब्ध गराउनका लागि विमानस्थल परिसरमै ९ हजार २१५ बर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ।

    सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको हो। २०७७ साल चैत २ गते हवाइ इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएकोमा विविध कारण डेढ बर्षपछि २०७९ साल कात्तिक २९ गते मात्रै बोलपत्र पेश भएको थियो।

    डिपो निर्माणका लागि बोलपत्र पेश गर्नेमध्ये सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो। लगत्तै, २०७९ साल पुस १५ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भएको थियो।

    केके छन सुविधा?

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा निर्माण सम्पन्न भएको अत्याधुनिक हवाइ इन्धन डिपोमा १२ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कूल तीन हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ। भर्टिकल स्टोरेज ट्यांकको उचाई १२ मिटर र ब्यास पनि १२ मिटर छ।

    त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण गरिएको छ। उक्त पानी ट्यांकीसँग डिपोको वरीपरी जडान गरिएको फायर फाइटिङ संरचनालाई आवद्ध गरिएको छ। जसकारण, डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत मिलेको छ।

    हवाइ इन्धन जस्तो प्रज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरालाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको 'फोम स्टोरेज' ट्यांकसमेत निर्माण गरिएको छ। जसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ।

    डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइप जडित छ।

    भण्डारण गृहमा रहेको हवाइ इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाइ इन्धन भण्डारण गृहमा राख्नका लागि आवश्यक मात्रामा प्रोडक्ट पम्पहरु तथा लोडिंग/अनलोडिंगमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ।

    डिपोमा जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरु अमेरिकिन पेट्रोलियम इन्स्टिच्यूड (एपिआई) मापदण्डमा आधारित छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend