मेड्रिड (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँग छलफल गरेका छन।
स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा प्रधानमन्त्री ओली सहभागी भएका हुन।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेका छन।



