मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी

लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी

images
२०८२ आषाढ १४ गते, शनिवार
२०८२ आषाढ १४ गते, शनिवार
  • काठमाडौँ। शुक्रबार साँझदेखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ।

    images

    लिच्छवि हाउसको आयोजनामा सुरू प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै प्रसंशा गरे।

    images

    ‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई पन्च तत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मदत गरेको छ। मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु। म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझैँ उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने।

    आगामी असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको क्युरेटर मिशेल लामाले जानकारी दिईन्।

    प्रदर्शनीमा मिथिला चित्रकलालाई प्रस्तुत गरेकी कलाकार रश्मी कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकहरूलाई प्रकृति प्रति साझा उत्तरदायित्व बारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

    ‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ। यो विशेषत नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ। हामीले मिथिला चित्रकलालाई दिईएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ’, उनले भनिन्।

    प्रदर्शनीको पहिलो दिन लिच्छवि हाउसद्वारा तयार गरिएको चर्या नृत्य प्रस्तुत गर्दै प्रदर्शनीको सुरुआत गरिएको थियो। पहिलो दिन कलाकार रवीन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराईले कला अवलोकन गरेपछि त्यसको ज्ञानको प्रभाव कलाकारितामा पर्ने विश्वास व्यक्त गरे।

    आगामी असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend