मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राभोज ब्राण्डका भी९ स्मार्टफोन सार्वजनिक, के छन फिचर र सुविधा?

राभोज ब्राण्डका भी९ स्मार्टफोन सार्वजनिक, के छन फिचर र सुविधा?

images
२०८२ आषाढ १३ गते, शुक्रवार
२०८२ आषाढ १३ गते, शुक्रवार
  • काठमाडौं। स्मार्ट फोनको दुनियामा नेपाली बजारमा अर्को एउटा ब्राण्डले आक्रामक उपस्थिति देखाएको छ। राभोजको V9 भेरियन्टलाई कम्पनीले आजबाट नेपाली बजारमा ल्याएको हो।

    images

    बनाई गोरैया मोबाइल प्रालीले राभोज ब्राण्डका विभिन्न स्मार्ट फोनका भेरियन्टलाई बजारमा ल्याएको हो। राभोजले आकर्षक लुक्स र फिचरको सुविधा ग्राहकलाई दिने कम्पनीले बताएको छ।

    images

    कम्पनीका विक्री प्रवन्धक विशाल बरालले राभोजका विभिन्न मोडलहरु बजारमा उपलब्ध रहेको र नयाँ V9 मोडललाई समेत बजारमा ल्याइएको जानकारी दिए। उनका अनुसार V6- 4+8GB/64 GB, V6- 4+8GB/128 GB, V9- 6+8GB/128 GB र V8- 6+8GB/256 GB नेपाली बजारमा उपलब्ध छन्। 

    बरालका अनुसार V6 मा दुई वटा भेरियन्ट उपलब्ध छन। जसमा ग्राहकले 4+8GB/64 GB र 4+8GB/128 GB भेरियन्टमा V6 प्राप्त गर्न सक्ने छन।  राभोजका स्मार्टफोनहरुमा NFC अर्थात Near Field Connection उपलब्ध हुनेछन। जसमार्फत उपभोक्ताले गर्न चाहेको Mobile Payments, Contactless file transfers तथा Device pairing गर्न सजिलो गर्दछ। 

    यसमा 4G VoLTE, 20Hz नेटवर्किङ क्षमता छ। जसले गर्दा नेटवर्क कभरेज कम हुने ठाउँहरुमा डाँडा,पाखा, गहिरा ठाउँ, खोलाहरुमा समेत राम्रो नेटवर्क दिलाउँने कम्पनीको दाबी छ। 

    यी सेटमा 5000mAh क्षमताका ब्याट्री, 13+2 मेगा पिक्सेलको क्यामेरा तथा 8 मेगा पिसेलको फ्रन्ट क्यामेरा तथा Type- C, Android -14 जस्ता फिचरहरु छन्। यी स्मार्टफोनहरु बिशुद्ध 4G सेटहरु हुन्। यो फोनमा HD IPS Waterdrop & Punch Hole Display रहने छ।

    यस्तै V6 कै 4 GB/128 GB भेरियन्टमा स्पेसिफिकेशन RAM र ROM भन्दा बाहेक अन्य सुविधा र फिचरहरु सबै एउटै छन्। 

    यसैगरी अर्को मोडल V8 उपलब्ध छ। जसको बजार उपभोक्ताले  राम्रो र धेरै रुचाइएको पाएको छ। यसमा 6+ 8GB /256 GB RAM/ROM रहेको छ। यसमा Helio G85 को Gaming प्रोसेसर रहेको छ जसले Gaming का पारखीहरुलाई  सरल र सहज रुपले gaming गर्न सहयोग पुर्याउने छ।

    सो फोनमा 6.82" को HD IPS Ncell Punch Hole Display रहेको छ भने यसमा पनि अरु मोडेलमा जस्तै Android-14, 64 मेगापिक्सेल क्यामेरा तथा 8 मेगा पिक्सेलको Front Camera, 3.5 mm अडियो ज्याक, Face ID, Fingerprint, 5000mAh Battery,18 वाटको Fast Charger Type-C रहेको छ।

    यस्तै NFC तथा 4G VoLTE  रहेको यो मोडेलमा Dual Stereo Speaker प्रयोग गरिएकोले संगितका पारखीहरुलाई आकर्षित गर्नेछ। 

    यस्तै  राभोजको नयाँ मोडेल V9 उपलब्ध छ। यसमा 6+8GB/128 GB RAM तथा ROM हुनेछ। यसमा T606 chipset ( 12nm)  रहेको छ भने 6.56" HD IPS Ncell Punch Hole Display रहेको छ।

    यसमा पनि अरु मोडेलमा जस्तै Android14 रहेको छ, 50 मेगा पिक्सेल +2 मेगा पिक्सेल क्यामेरा तथा 8 मेगा पिक्सेलको फ्रन्ट क्यामेरा, ३.५ एमएमको अडियो ज्याक, Face ID, Fingerprint 5000mAh Battery, 10 Watt Type-C charger रहेको छ।

    NFC तथा 4G VoLTE  रहेको यो मोडलमा पनि OTG support पाउनु हुनेछ। जसले तत्कालै आफ्‌नो डेटा अन्य डिभाइसमा सहज रुपमा सार्न सहयोग गर्दछ। V9 मार्बल ह्वाइट कलरमा उपलब्ध हुनेछ, जसको लुक्स आकर्षक र प्रभावकारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend