मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक

परिस्थिति हेरेर ७७ वटै जिल्लामा सवारीसाधन संचालनमा रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध

परिस्थिति हेरेर ७७ वटै जिल्लामा सवारीसाधन संचालनमा रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध

images
२०८२ आषाढ ९ गते, सोमवार
२०८२ आषाढ ९ गते, सोमवार
  • काठमाडौं। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले वर्षातको परिस्थिति हेरेर ७७ वटै जिल्लामा सवारीसाधन संचालनमा रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

    images

    आइतबार बसेको बैठकले मौसम पूर्वानुमान र परिस्थिति हेरेर ७७ वटै जिल्लामा सार्वजनिक/निजी सवारी साधनको संचालनमा रोक लगाउने गरेर जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।

    images

    बैठपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सार्वजनिक बैठकको निर्णयमा भनिएको छ, `मनसुन अवधीभर आउन सक्ने बाढी, पहिरो डुबान समेतलाई दृष्टिगत गरी संभावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुन सक्ने राजमार्ग, स्थानीय सडक सञ्जालहरुमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सार्वजनिक/निजी सवारी साधनको संचालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।´

    यसैगरी अबरोध भएका सडक/राजमार्ग तत्काल संचालन गर्न आवश्यक पर्ने हेभि इक्युप्मेन्ट २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

    यस्तै मनसुन अवधीभर जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार सवारी संचालन सम्बन्धी गरेका निर्णयहरु पालना गर्न सार्वजनिक यातायात संचालन गर्ने विभिन्न यातायात व्यवसायी महासंघ, ढुवानी/पारवहन सम्बन्धी संघ र निजी सवारी साधनहरु समेतलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

    उक्त निर्णय पालना नगर्ने वा बलजफ्ती सवारी संचालन गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने लगायतका निर्णय भएको प्राधिकरणले जनाएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend