मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

केम्पोका खेलाडी, प्रशिक्षक र रेफ्रीलाई तालिम

केम्पोका खेलाडी, प्रशिक्षक र रेफ्रीलाई तालिम

images
२०८२ आषाढ ८ गते, आइतवार
२०८२ आषाढ ८ गते, आइतवार
  • काठमाडौं। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेसन (NKFF) र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने `केम्पो खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम´ सम्पन्न गरिएको छ।

    images

    ललितपुरमा असार ६ र ७ गते आयोजना गरिएको कार्यक्रममा १५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले सहभागिता थियो।

    images

    बागमति प्रदेशका युबा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले तालिमको उद्घाटन गर्दै विश्वस्तरीय केम्पोको प्रगति र नेपालमा यसको उदयको प्रसंशा गरे।

    `केम्पो अहिले सुरुवाती चरणमा रहेपनि यसले विश्वमा नेपालको गौरव बढाउँदैछ। हामी यस खेललाई प्रदेशको प्राथमिकतामा राख्नेछौं।´ मन्त्री महर्जनले भने।

    बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले खेल क्षेत्रमा महत्त्वपूर्ण विधाको रुपमा स्थापित केम्पोलाई निरन्तर सहयोग गरिने बताए।

    कार्यक्रममा राष्ट्रिय खेलकुद परिसदका कार्यकारी सदस्य  कमल बहादुर भट्टराईले छोटो समयमा नेपाल केम्पोले गरेको उपलब्धिलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय खेलकुद परिषदको सदैव साथ र सहयोग रहने प्रतिबद्वता जनाए।

    केम्पोका संस्थापक तथा प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले नेपालमा केम्पोको ऐतिहासिक उपलब्धि रहेको बताए। उनले पोर्चुगलमा भएको विश्व च्याम्पियनसिपबाट ५ स्वर्ण र २ रजत पदक प्राप्त भएको स्पष्ट पार्दै भविष्यको रणनीति बारे जानकारी दिए।

    नेपाल केम्पो खुकुरी फेडरेशनका अध्यक्ष पाभेल शाहले "Martial arts mastery, Kempo legacy" को नाराका साथ अन्तर्राष्ट्रिय मानकअनुसार खेलाडीहरूको प्राविधिक क्षमता, प्रशिक्षकहरूको शिक्षण विधि, र रेफ्रीहरूको निर्णय कौशल विकास गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको उल्लेख गरे।

    कार्यक्रम समापन समारोहमा प्रमुख अतिथी बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव दिपक लामाले पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपका विजेता खेलाडीहरूलाई सम्मान गरे। नेपाल केम्पोले उक्त प्रतियोगितामा ५ कास्य र २ रजत पदक जितेको थियो।

    तालिममा अन्जना शाही, ईन्द्र चित्रकार र राम क्षेत्री लगायत प्रमुख प्रशिक्षकहरूको सहभागिता थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend