मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोटेश्वरमा गोली लागेकी निर्दोष रेबिका ८० दिनमा डिस्चार्ज, टियुले निर्णय गरे परीक्षा दिने आश

कोटेश्वरमा गोली लागेकी निर्दोष रेबिका ८० दिनमा डिस्चार्ज, टियुले निर्णय गरे परीक्षा दिने आश

अस्पतालको खर्च सरकारले दियो, नौ लाख ऋण

images
२०८२ आषाढ ३ गते, मंगलवार
२०८२ आषाढ ३ गते, मंगलवार
  • काठमाडौं। भनिन्छ नि दशा थाहा दिएर आउँदैन। त्यस्तै भयो उदयपुरकी २२ वर्षीया रेबिका खत्रीलाई। कोटेश्वरको एक खाद्यान्न पसलमा काम गर्ने उनी गत चैत १५ गते प्रहरीको गोलीको तारो बनिन। 

    images

    तीनकुने राजावादीको आन्दोलनले तनावग्रस्त थियो। प्रहरी र राजावादीको ठेलमठेल शुरु भयो। सडकका बटुवा आफ्नो गन्तव्य पहिल्याउँदै थिए। कसैले अश्रुग्यास खाए, कसैले पानीको फोहोरा। आन्दोलन चर्किंदै गयो। बानेश्वरदेखि कोटेश्वर, तीनकुने, जडिबुटी, ग्वार्को आन्दोलनमय बन्यो। गोली वर्षिन थाल्यो। त्यसैक्रममा काम गर्ने ठाउँबाट कोटेश्वर मुख्य सडक हुँदै भाडाको कोठातिर हिड्दै गरेकी रेबिका गोलीको शिकार भइन। उनलाई दाहिने खुट्टाको घुडाभन्दा माथि गोली लाग्यो।

    images

    तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा पढिरहेकी रेविकाको उपचार मीनभवनको सिभिल अस्पतालमा शुरु भयो। अहिले उनी उपचारपछि ८० औं दिनमा घर फर्किएकी छिन। हिजो आफै जताततै हिड्न सक्ने रेबिका अहिले अस्पतालबाट `डेरा´ फर्किंदा अरुको सहारामा बस्नु पर्ने अवस्थामा छिन। उनको दाहिने खुट्टाको घुँडा भन्दा माथिको भाग पटकपटक शल्यक्रिया भएपछि थिलथिलो छ।

    रेबिकाको परिवार सामान्य आर्थिक अवस्थाको हो। उनका बुवा तुलसीराम खत्री गृह जिल्ला उदयपुरमा नै डेरी संचालन गर्थे। तर छोरीलाई गोली लागेदेखि उनको डेरी बन्द भयो। छोरीको चिन्ताले ब्यवसाय बन्द गराएका उनका बुवा अहिले छोरीको ज्यान बाचेकोमा खुसी छन। तर सरकारले अस्पतालको खर्च दिए पनि बाहिर किनेका औषधि लगायतमा लागेको खर्चको ऋणको भारी छ। अस्पतालको भित्री खर्च बाहेक छोरीको उपचारमा करिब नौ लाख तुलसीरामलाई ऋण लागेको उनी बताउँछन।

    `मेरो डेरि थियो, छोरीको घटना भएपछि बन्द गरें छोरी ठिक भए पुग्छ, उ गरीखान सक्ने होस।´ उनलाई छोरीलाई राज्यले हेरिदेओस भन्ने पनि छ। भन्छन,`राज्यले पनि सोचिदेओस।´

    रेबिकालाई गोली लागेलगत्तै उनको सिभिल अस्पतालमा उपचार हुरु भएको थियो। पटकपटक गरेर उनको सात पटक खुट्टाको सिभिलमा शल्यक्रिया भयो। चुडिएका दाहिने खुट्टाका नसा जोड्न अनेक प्रयत्न भयो। देब्रे खुट्टाका नसा जोडेर भएपनि नसाबाट रगत संचालन गर्न प्रयास भयो। तर उनको नसा जोडिएन। उनलाई सिभिल अस्पतालले गत जेठ ११ गते टिचिङमा रेफर गरेको थियो।

    रेविका सोमबार साँझ घाइते भएको ८० औं दिनमा टिचिङ अस्पतालबाट डिस्चार्ज भएकी छिन। तर उनी अझैं हिँड्न भने सक्दिनन। उनलाई बेड रेस्टमै रहनु पर्ने चिकित्सकले सुझाएका छन।

    `अस्पतालको बिल सरकारले ब्यहोर्ने भयो। औषधि सहितका अन्य खर्च ८ लाख ६८ हजार छ, त्यसको बिल पेश गरेको छु, पैसा पाएको छैन,’ रेबिकाका बुवा तुलसीरामले भने।

    रेबिकाको यही असार ६ गतेदेखि परीक्षा छ। गोली लागेर पनि जीवनसँगको परीक्षा पास गरेकी रेबिकालाई जीवन चलाउन अझै केही समय अरुको सहयोगको आवश्यकता  छ। 

    बुवा तुलसीराम भन्छन, छोरीको जाँच दिने इच्छा छ, पाउने नपाउने थाहा छैन, टीयुको निर्णय कुरेर बसेका छौं´

    रेबिकाका बुवाका अनुसार उनी बीबीएस तेस्रो वर्षको परीक्षा दिने सोचमा छिन। घरबाटै परीक्षा दिन रेबिकाले त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएकी छिन। उनको परीक्षाका लागि हस्पिटलमार्फट चिकित्सकको रिपोर्ट पनि पेश गरिएको छ। उनी अध्ययन गर्ने कलेजले पनि त्रिभुवन विश्वविद्यालयमा सिफारिस पठाएको छ। रेबिकाको कलेजको परिचयपत्र पनि बुझाइएको छ। तर उनले परीक्षा दिन पाउने नपाउने टीयुले कुनै निर्णय गरेको छैन।

    `बोर्डले निर्णय गर्यो भने दिन मिल्ला, निर्णय नभए छोरीले परीक्षा दिन पाउदिन, सबै चाहिनेजति सिफारिस बुझाएका छौं। बोर्डको निर्णय कुर्दै छौं।´ रेबिकाका बुवाले भने।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend