काठमाडौं। प्रतिनिधि सभा बैठक असार ५ गतेसम्मका लागि स्थगित भएको छ।
रास्वपाका सांसदहरूले निरन्तर बैठक अबरुद्ध गरेपछि मंगलबार केहीबेर बसेको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको सुनाएका हुन्।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् बैठक अवरोध गर्दै आइरहेएका छन्।
मंगलबार केही समय बसेको बैठक अवरोध भएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो। पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएकोमा संसद सचिवालयले सुचना टाँस गरेर बैठक स्थगित गरिएको जनाएको हो।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको अर्को बैठक अब असार ५ गते बिहान ११ बजे बस्ने छ।दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन।



