मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे

नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : मन्त्री पाण्डे

images
२०८२ आषाढ १ गते, आइतवार
२०८२ आषाढ १ गते, आइतवार
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन।

    images

    राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताए।

    images

    नेपालको परिचय बुद्ध भएको बताउँदै उनले भने, `हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ।´

    सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको बताउँदै मन्त्री पाण्डेले नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए। सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनले स्पष्ट पारे।

    प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने बताइएको छ। कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरुहरूको सहभागिता रहने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend