काठमाडौँ। चिनियाँ मोबाइल निर्माता कम्पनी रियल मीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोनको सिरिज सार्वजनिक गरेको छ।
सार्वजनिक भएका स्मार्टफोन सिरिज रियलमी १४ अन्तर्गतका रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी हुन। प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको संयोजन रहेको यस सिरिज मिड-हाई सेग्मेन्टका प्रयोगकर्तालाई लक्षित गरिएको छ।
रियलमी १४ फाइभजी मा शक्तिशाली स्न्याप ड्र्यागन ६ जेन १ चिपसेट, ६००० एमएएच टाइटन ब्याट्री, र १२० हर्जको एमोलेड डिस्प्ले दिइएको छ। यसमा आइपी ६६, आइपी ६८ र आइपी ६९ सर्टिफिकेसन सहितको दमदार डिजाइन, एडभान्स कुलिङ प्रणाली, स्मार्ट एआई फिचर, र डुअल सिम फाइभजी सपोर्ट उपलब्ध छ।
त्यस्तै, यसमा ५० मेगापिक्सेल मेन क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ भने १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज रहेको छ।
यो स्मार्टफोनमा डाइनामिक र्याम एक्सपान्सनमार्फत २१ जीबीसम्म र्याम विस्तार गर्न सकिने र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने सुविधा पनि यसमा समावेश छ।
रियलमी १४ टी फाइभजी पनि आधुनिक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको उत्कृष्ट फोन हो। यो फोनमा ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले, २ हजार निट्स ब्राइटनेस, ४५ वाट सुपरभोक फास्ट चार्जिङ, साइड फिङ्गरप्रिन्ट स्क्यानर, एआई फेस अनलक, एन्ड्रोइड १४, ३.५ एमएम हेडफोन ज्याक र युएसबी टाइप सी पोर्ट उपलब्ध छन्।
यी दुवै फोनको अग्रिम बुकिङ सुरु भइसकेको र चाँडै नेपालभरका आधिकारिक स्टोर र अनलाइन प्लेटफर्ममार्फत बिक्री सुरु हुने कम्पनीले बताएको छ।
कम्पनीले नेपाली बजारमा रियलमी १४ फाइभजीको मूल्य ४९ हजार ९९९ रुपैयाँ र रियलमी १४ टी फाइभजीको मूल्य ३६ हजार ९९९ रुपैयाँ निर्धारण गरेकोको छ।
रियलमीका यी स्मार्टफोनले प्रविधि, मूल्य र प्रदर्शनका हिसाबले नेपाली उपभोक्ताको रुचिमा पर्ने अपेक्षा कम्पनीको छ।



