मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मुग्लिन-मलेखु सडकखण्ड राति साँढे १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने

मुग्लिन-मलेखु सडकखण्ड राति साँढे १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने

images
२०८२ जेठ ३० गते, शुक्रवार
२०८२ जेठ ३० गते, शुक्रवार
  • मुग्लिन। आज रातिदेखि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड साढे चार घण्टा बन्द हुने भएको छ।

    images

    सडक स्तरोन्नतिका लागि आज रातिदेखि असार ७ गतेसम्म राति साँढे १० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द गर्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालले जानकारी दिए।

    images

    नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम हुँदैछ। सो कार्यका लागि भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो।

    यो अवधिभर मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन्।

    यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितलबजारमा रोकिनेछन्। यसरी रोकिएका सवारीसाधन बिहान ३ बजेपछि मात्रै संचालन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend