मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजबाट भक्तपुरको राधेराधेमा `फिस टनेल एक्स्पो´ सुरु हुँदै

आजबाट भक्तपुरको राधेराधेमा `फिस टनेल एक्स्पो´ सुरु हुँदै

images
२०८२ जेठ ३० गते, शुक्रवार
२०८२ जेठ ३० गते, शुक्रवार
  • भक्तपुर। भक्तपुरमा आजबाट `फिस टनेल एक्स्पो २०८२’ सुरु हुँदैछ।

    images

    मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा शुक्रबारबाट भक्तपुर फिस टनेल एक्स्पो–२०८२ आयोजना हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

    images

    राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसँगै सुरु हुने एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुनेछ। 

    ‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो। जहाँ सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ।

    एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ।

    सो स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले जानकारी दिए। एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend