बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट

images
२०८१ भाद्र २० गते, बिहिवार
२०८१ भाद्र २० गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाट गर्न लागेका छन्।

    images

    २५ भदौदेखि १२ असोजसम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्क जाने भएका हुन्।
    महासभाको ‘समिट अफ द फ्युचर’ कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्। सो कार्यक्रम भने ६ र ७ असोजमा हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सो कार्यक्रमलाई सम्बोधन गर्ने गरी ओली अमेरिका पुग्ने छन्।

    images

    गत ३० असारमा पछिल्लो पटक देशको प्रधानमन्त्री बनेका ओली प्रधानमन्त्री बनेपछि विदेश भ्रमणमा गएका छैनन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

    प्रधानमन्त्री ओलीसँगै महासभामा सहभागी हुन परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत अमेरिका जाने तय भएको छ।

    ओलीले यसअघि पनि प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend