मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल : विशेष छुट र थप आकर्षक उपहारहरु

भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल : विशेष छुट र थप आकर्षक उपहारहरु

images
२०८२ जेठ २६ गते, सोमवार
२०८२ जेठ २६ गते, सोमवार
  • काठमाडौं। विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ।

    images

    यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू, र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ।

    images

    नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँचयोग्य बनाउने उद्देश्यसहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ।

    पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयरबड्स, र क्लिपबड्सजस्ता उच्च गुणस्तरका अडियो सामानहरू निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन्।

    आकर्षक उपहार बन्डलका अतिरिक्त, भिभोले आफ्नो भिभो वाई १९एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ। भिभो वाई १९एस अब रु. १,००० सम्मको मूल्य कटौतीका साथ उपलब्ध हुनेछ भने भिभो बड्समा ३३% छुट सहित मात्र रु. ३,९९९ मा उपलब्ध हुनेछ।

    “हामी दराजसँग ६.६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,” भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने, “हाम्रो लक्ष्य सबैको रोजाइको ब्रान्ड बन्नु हो, र यसका लागि ग्राहकहरूले जहाँ जहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ।”

    यो अभियानले भिभोको बजार उपस्थितिमा विविधता ल्याउने र डिजिटल क्षेत्रमा आफ्नो पकड बलियो बनाउने भिभोको प्रतिबद्धतालाई जोड दिन्छ।

    जसअन्तर्गत ब्राण्डले सबै वर्गका उपभोक्तालाई सहज र भरपर्दो प्रविधिमा पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend