काठमाडौं। विश्वप्रसिद्ध एआई डिभाइस ईकोसिस्टम ब्राण्ड अनरले आफ्नो नयाँ स्मार्ट फोन ‘अनर ४०० फाइभजी सिरिज’ विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट सार्वजनिक गरेको छ।
शनिबार बिहान काठमाडौँबाट माउन्टेन फ्लाइटमार्फत सगरमाथा क्षेत्र पुगेको अनर टोलीले कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूको साथमा अनर ४०० फाइभजी सिरिज सार्वजनिक गरेको हो।
अनरले दाबी गरेको छ कि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नयाँ स्मार्टफोन लन्च गरेर इतिहास रचिएको छ। यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाएको तथा विश्वकै सबैभन्दा उच्च स्थानबाट स्मार्टफोन सार्वजनिक गर्ने कीर्तिमान आफूले राखेको अनरले भनेको छ।
अनरले कार्यक्रममार्फत प्रविधिमा सीमाहीन सम्भावना रहेको सन्देश दिन खोजेको हो। ‘अनर ४०० फाइभजी सिरिज’ अत्याधुनिक एआई प्रविधि, शक्तिशाली क्यामेरा, आकर्षक डिजाइन र शक्तिशाली ब्याट्री क्षमतासहित बजारमा आएको कम्पनीले भनेको छ।
विशेषगरी चुनौतीपूर्ण वातावरण र कठिन परिस्थितिलाई समेत सामना गर्न सक्ने विशेषतासहित यस सिरिज उत्पादन गरिएको कम्पनीको भनाइ छ।
सिरिजमा तीन फरक मोडेल छन्। अनर ४०० प्रो फाइभजी, अनर ४०० फाइभजी र अनर ४०० लाइट फाइभजी गरि तीन भेरियन्ट उपलब्ध हुनेछन।
तीमध्ये अनर ४०० प्रो फाइभजीमा स्न्यापड्रागन एट जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा, ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स उपलब्ध हुनेछ। यो मोडेलमा १०० वाट फास्ट चार्ज सपोर्टसहित ६००० एमएएच ब्याट्री छ। १५ मिनेटमा ५१ प्रतिशत चार्ज र ३९ मिनेटमा पूरै चार्ज हुने कम्पनीको दाबी छ।
त्यसैगरी, अनर ४०० फाइभजीमा स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स छ। यसमा ६००० एमएएच वा केही भर्सनमा ५३०० एमएएच क्षमताको ब्याट्री छ भने ८० वाट चार्जिङ सपोर्ट हुनेछ।
अनर ४०० लाइट फाइभजीमा मिडियाटेक डाइमेन्सिटी प्रोसेसर, १०८ मेगापिक्सेल मुख्य क्यामेरा र ५ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स उपलब्ध छ। यसमा ५२३० एमएएच ब्याट्री र ३५ वाट चार्ज सपोर्ट दिइएको छ।
तीनै मोडेलमा नयाँ जेनेरेसनको एआई इन्हान्स्ड क्यामेरा सिस्टम राखिएको छ। सगरमाथाबाट गरिएको विशेष लञ्चसँगै कम्पनीले यस सिरिजको प्रि-बुकिङ खुला भएको जनाएको छ।
अनर ४०० (१२ जीबी र्याम प्लस ५१२ जीबी स्टोरेज) को मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ। प्रि-बुकिङ गर्ने ग्राहकले अनर चोइस टू आई स्मार्टवाच र अनर एक्स सेभेन लाइट टीडब्लुएस निःशुल्क पाउनेछन्।
अनर ४०० प्रो (१२ जीबी र्याम प्लस ५१२ जीबी स्टोरेज) को आधिकारिक मूल्य ८८ हजार ४९९ रुपैयाँ तोकिएको छ। प्रि-बुकिङमा १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने अनर चोइस टू आई स्मार्टवाच र ९ हजार ९९९ रुपैयाँ बराबरको अनर क्लिप इयरबड्स निःशुल्क दिइनेछ।
त्यसैगरी, अनर ४०० लाइट (८ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज) को मूल्य ३९ हजार ९९९ रुपैयाँ राखिएको छ। यो फोन प्रि-बुक गर्दा अनर एक्स सेभेन लाइट इयरबड्स निःशुल्क प्राप्त हुने र शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाइने कम्पनीले जनाएको छ।



