मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

टिपिओ नेपाल जसले २० वर्षमा १० लाखलाई दियो मनोपरामर्श

टिपिओ नेपाल जसले २० वर्षमा १० लाखलाई दियो मनोपरामर्श

मानसिक समस्या विकराल बन्दै गएकोे छ : प्रा.डा. बिच्छा

images
२०८२ जेठ २३ गते, शुक्रवार
२०८२ जेठ २३ गते, शुक्रवार
  • काठमाडौं। मानसिक स्वास्थ्य सम्बन्धि सरोकारका क्षेत्रमा काम गर्दै आएको संस्था बहुसाँस्कृतिक मजोसामाजिक नेपाल (टिपिओ नेपाल) ले २० वर्षमा १० लाख ब्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि परामर्श दिएको छ।

    images

    सन् २००५ मा स्थापना भएको संस्थाले २०२५ सम्म आइपुग्दा १० आख ब्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि समस्याका सवालमा परामर्श दिएको हो।

    images

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपस्थित मानसिक स्वास्थ्यका क्षेत्रमा सक्रिय ब्यक्तिहरुले टिलिओ नेपालले नेपालको मानसिक स्वास्थ्यको सवालमा गरेका कामको प्रसंसासमेत गरे।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गएकोे बताए। उनले ग्लोबल भिलेजको अवधारणाले नेपालको सामाजिक संरचनामासमेत परिवर्तन देखिएको र त्यसले ब्यक्तिको मानसिक स्वास्थ्यमा असर गरेको पाइएको बताए।

    `अहिले विश्व नै ग्लोबल भिलेजको अवधारणामा अघि बढेको छ, यसले हाम्रो सामाजिक संरचनामा पनि परिवर्तन ल्याएको छ, जसले गर्दा मेन्टल हेल्थको समस्यालाई बढावा दिएको पाइएको छ, युवा जनशक्ति विदेशिंदाका ब्यक्तिको परिवारमासमेत बिछोडिएको चिन्ताले मानसिक समस्या सृजना गरिरहेको छ।´ प्रा.डा.बिच्छाले भने।

    प्रा.डा. बिच्छाले १६ औं पञ्चवर्षीय योजनामा मानसिक स्वास्थ्य प्राथमिकतामा परेको बताए। उनले सरकारको इयरमार्क कार्यक्रमभित्र मनोसामाजिक स्वास्थ्य कार्यक्रम पनि परेको हुँदा नियमित बजेट पनि विनियोजन हुँदै आएको बताए।

    चालू आर्थिक वर्षका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा ८५ अर्ब रकम रहेकोमा आगामी आर्थिक वर्षका लागि ९५ अर्ब २१ करोड विनियोजन भएको उनले बताएका हुन।

    उनले मनोसामाजिक क्षेत्रमा २० वर्ष काम गरेको टिपिओ नेपाललाई हिजोको अवस्था र आजको अवस्थामा काम गर्दा बीचमा रहेको खाडलका विषयमा गहिरो अध्ययन गरेर सरकारलाई सुझाव दिन समेत अनुरोध गरे।

    ‘काम भइरहेका छन् तर पनि कही न कही ग्याप छ,’ उनले भने, ‘अब काम गरेर मात्र हुँदैन काम गर्दा आएका निष्कर्षलाई नीति बनाउने तहमा लैजानु पर्ने छ, त्यता तर्फ लागौं र भोलिका दिनमा आउने खाडललाई पुर्ती गरौं।´

    कार्यक्रममा योजना आयोगका सचिव मुरारीप्रसाद खरेलले मानसिक स्वास्थ्यको विषय सम्पूर्ण मन मस्तिष्कलाई स्वस्थ राख्ने विषय भएको बताए।

    उनले अबका दिनमा मानसिक स्वास्थ्यको विषयमा राज्यले थप लगानी गरेर नीतिगत तहबाट नै काम गरिनु पर्ने बताए।

    `अहिले स्कुल तह देखि नै ब्यतिमा मानसिक समस्या देखिएको पाइएको छ, अब ब्यक्ति जन्मिंदा देखि नै योजना बनाएर परिवार र राज्यले मानसिक स्वास्थ्यका सवालमा काम गर्ने गरेर नीति र योजना बनाउनु पर्ने छ, यसले मानव अधिकारको पुर्ण संरक्षणसमेत हुन्छ।´ योजना आयोगका सचिव खरेलले भने।

    आयोगकै सहसचिव राजन पौडेलले पछिल्लो समय वैदेशिक रोजगारी र त्यससँग जोडिएका समस्याले समाजमा बढी मनोसामाजिक समस्या बढ्दैं गएको बताए।

    यसैगरी त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख प्रा.डा. सरोज ओझाले अहिले पनि मानसिक स्वास्थ्य र मानसिक समस्यालाई एउटै तरिकाले हेर्ने गरिएको बताए। उनले मानसिक समस्या र मानसिक रोगलाई फरक रुपमा बुझ्नु पर्ने बताए।

    प्रा.डा. ओझाले मानसिक समस्या भएका ब्यक्तिले खाने औषधिका विषयमा पनि ब्यक्तिको सोचाइ फरक भएको भन्दै अरु औषधि खानु र मानसिक समस्या सम्बन्धि औषधि सेवन गर्नु एउटै रहेको बताए।

    उनले मानसिक स्वास्थ्य सम्बन्धि उपचारका लागि पर्याप्त ब्यवस्था नभएको भन्दै अहिले पनि ब्यक्तिले समस्या भोग्दै आएको बताए। प्रा.डा. ओझाले टिपिओ नेपालले २० वर्षको अवधिमा १० लाख जनालाई मनोपरामर्श दिनु ठूलो उपलब्धि भएको बताए।

    संस्थाकी अध्यक्ष डा. मिता राणाले मानसिक स्वास्थ्यका विषयमा अझै धेरै बहस गुर्नपर्ने भन्दै संस्था २० वर्ष पुग्नका लागि सरकार र अन्य सरोकारवालाहरुको सहयोगलाई धन्यवाद दिइन्।

    कार्यक्रममा संस्थामा रहेर मानसिक स्वास्थ्यका क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend