राजबिराज। सप्तरीमा एक घरमा लुटपाट गर्न आएका डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ।
शनिबार राति करिब १ बजे तिर लुटपाटका लागि समूह बनाएरै आएका डाँकाहरुले सुरुङ्गा नगरपालिका ८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या गरेका हुन।
जिल्ला प्रहरी काएयालय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले ४/५ जनाको समूहमा आएका डाँकाहरुले चौधरीको गोली हानी हत्या गरेको बताए। उनका अनुसार सो क्रममा गोली लागेर उनका भाई रामाकान्त चौधरी घाइते भएका छन।
घाइते रामाकान्तको प्रादेशिक अस्पताल लहानमा उपचारका भैरहेको छ। घरमा लुटपाट गर्न थालेपछि चौधरी परिवार प्रतिकारमा उत्रिएको थियो। त्यसपछि डाँका समुहले उनीहरूमाथि पहिले धारिलो हतियार प्रहार गरेका थिए। त्यसपछि गोली चलाएको पाइएको प्रहरी बताउँछ। सो क्रममा रामाकान्तको घटना स्थलमा नै ज्यान गएको हो।
प्रहरीले घटनास्थलबाट नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ।
गोली प्रहारपछि डाँका समूहले सो घरबाट पाँच तोला सुन, दुई केजी चाँदी र ५० हजार भन्दा बढी रकम नगद लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको छ।



