मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अल्टिमाको तेस्रो आउटलेट बानेश्वरमा, नयाँ स्मार्टवाच सार्वजनिक

अल्टिमाको तेस्रो आउटलेट बानेश्वरमा, नयाँ स्मार्टवाच सार्वजनिक

मूल्य कति?

images
२०८२ जेठ २२ गते, बिहिवार
२०८२ जेठ २२ गते, बिहिवार
  • काठमाडौं। अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आउटलेट संचालनमा ल्याएको छ।

    images

    ललितपुरको पुलचोक र काठमाडौंको पुतलीसडकमा यसअघि नै आफ्नै आउटलेट संचालनमा ल्याइसकेको अल्टिमाले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडी बुधबारबाट तेस्रो आउटलेट संचालनमा ल्याएको हो। सो आउटलेट ब्रीयानी अड्डासँगै जोडिएको छ।

    images

    अल्टिमा लाइफ स्टाइलका सिइओ अमित अग्रवालले अल्टिमाका ब्राण्डको विस्तारसँगै ग्राहकको सेवालाई ध्यानमा राखेर नयाँ आउटलेट संचालन गरिएको जानकारी दिए।

    उनले ग्राहकको सन्तुष्टिले नै नयाँ आउटलेट संचालनको योजना बनेको समेत बताए। नेपाली ब्राण्डका रुपमा स्थापित अल्टिमा अहिले बजारमा रुचाइने मोबाइल एसोसरिज ब्राण्डमा पर्छ।

    बानेश्वरमा नयाँ आउटलेटको ओपनिङसँगै अल्टिमाले नयाँ स्मार्टवाच अल्टिमा म्यागनम इ७०० पनि सार्वजनिक गरेको छ। नयाँ स्मार्टवाच म्यागनम इ७०० मोर्डन जीवनशैलीको लागि आकर्षक लुक्समा तयार भएको कम्पनीको दाबी छ। 

    केके छन विशेषता?

    सो मोडलको स्मार्टवाचमा ३६.३३ एमएम को टीआयू एमोलेड डिस्प्ले, अटो हेल्ट ट्रयाकिङ, आईपी६८ वाटर रेसिस्टेन्ट, ब्लुटुथ ५.३ लगायतका फिचर उपलब्ध छन्।

    यस्तै स्मार्टवाचमा ३९० एमएएचको ब्याट्री दिइएको छ जसले सामान्य अवस्थामा ७ देखि ९ दिनसम्म र स्ट्यान्डबाइ अवस्थामा ३० दिनसम्म वाच मज्जाले चल्ने कम्पनीको दाबी छ।

    अफरमाथि थप अफर

    एक वर्षको वारेन्टी सहित कम्पनीले यो स्मार्टवाचको मूल्य सात हजार ९९९ रुपैँया तोकेको छ। तर लन्च अफर अन्तर्गत सो स्मार्टवाच चार हजार ९९९ रुपैँयामा नै ग्राहकलाई उपलब्ध गराइने कम्पनीले बताएको छ। यस्तै  जुन १२ सम्म सो स्मार्टवाच खरिद गर्दा १५ सय मूल्य पर्ने मेटालिक स्ट्राप समेत सित्तैमा उपलब्ध हुने कम्पनी बताउँछ।

    अल्टिमा लाइफ स्टाइलले नयाँ आउटलेट सञ्चालनमा आएको अवसरमा अन्य विभिन्न अफर पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत अल्टिमाको कुनै पनि स्टोरबाट पाँच हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा दुई हजार ४९९ रुपैयाँ पर्ने अल्टिमा एटम १९२ सित्तैमा उपलब्ध हुनेछ।

    यस्तै सात हजार ९९९ रुपैयाँ खर्च गर्दा तीन हजार ४९९ रुपैयाँ पर्ने अल्टिमा मार्भल सित्तैमा पाउन सकिनेछ भने ११ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा पाँच हजार ९९९ रुपैयाँ पर्ने अल्टिमा वाच सर्कल २.० सित्तैमा उपलब्ध हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend