मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्रीसहित ९३ जनाविरुद्ध अख्तियारको मुद्दा, माधव नेपालको सांसद पद निलम्बन

पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्रीसहित ९३ जनाविरुद्ध अख्तियारको मुद्दा, माधव नेपालको सांसद पद निलम्बन

images
२०८२ जेठ २२ गते, बिहिवार
२०८२ जेठ २२ गते, बिहिवार
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विषेश अदालतमा मुद्दा दायर गरेको छ।

    images

    पतन्जलीका लागि काभ्रेको साँगामा खरिद गरिएको जग्गामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितलाई मुद्दा दायर गरेको हो। नेपालकै ईतिहासमा पुर्वप्रधानमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो।

    images

    सो मुद्दामा नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको मागदाबी गरिएको छ। यस्तै अन्यलाई फरक फरक विगो रकम मागदाबी गरिएको छ।
    भ्रष्टाचार मुद्दा दायर भएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालको सांसद पदसमेत स्वतः निलम्बन भएको छ।

    दायर गरिएको मुद्दामा हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ। 

    हदबन्दी छुटमा जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि खरिद गरिएको जग्गा पछि खरिदबिक्री गर्न दिएको आरोप उनीहरूमाथि छ। सो निर्णय मन्त्रिपरिषद् मार्फत भएको थियो। मन्त्रिपरिषदबाट नै निर्णय गराएर जग्गा बिक्री गरेको भेटिएपछि अख्तियारले अनुसन्धान गर्दै आएको थियो।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend