काठमाडौं। विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको प्रविधि ब्रान्ड इनफिनिक्सले नेपालमा नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स सार्वजनिक गरेको छ।
अत्याधुनिक प्रविधिसँगै आकर्षक मूल्यमा उपलब्ध यस स्मार्टफोनले नेपाली प्रयोगकर्तालाई उच्च प्रदर्शन, तीव्र चार्ज क्षमतासहितको ५जी जस्ता सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ।
इनफिनिक्स नोट ५०एक्स हाल नेपाली बजारमा २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। उक्त मूल्यमा फाइभजी प्रविधि भएको फोन निकै कम रहेको कम्पनीको दाबी छ।
नोट ५०एक्स विशेष गरी तीव्र प्रोसेसर, दीर्घकालीन ब्याट्री, उत्कृष्ट स्क्रिन र क्यामेरा सुविधासहित सुसज्जित छ। यसमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट ५जी प्रोसेसर प्रयोग गरिएको छ। गेम खेल्दा, भिडियो हेर्दा वा मल्टिटास्किङ गर्दा सहज र तीव्र अनुभव दिने कम्पनीको दाबी छ।
६.६७ इन्चको १२० हट्र्ज एलसीडी डिस्प्लेले स्क्रोल गर्दा सहजता प्रदान गर्छ। ५० मेगापिक्सेलको पछाडिको क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेराले फोटो तथा भिडियो राम्रो खिच्ने कम्पनीको दाबी छ। साथै, यसमा ४के भिडियो रेकर्डिङ को सुविधा समेत रहेको छ।
यो स्मार्टफोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ। जसले विभिन्न एपहरू र डाटा सजिलै सञ्चय गर्न र चलाउन मद्दत पुर्याउँछ। ५२ सय एमएएच क्षमताको ब्याट्रीमा ४५ वाटको फास्ट चार्जिङ प्रविधि (अल–राउन्ड फास्ट चार्ज ३.०) रहेको छ।
साथै, यसमा एनएफसी सपोर्ट, इन्फ्रारेड ब्लास्टर, र धुलो तथा पानी छर्किने प्रतिरोधी आइपी ६४ डिजाइन समेत समावेश गरिएको कम्पनीले जनाएको छ। यस स्मार्टफोनमा एन्ड्रोइड १५ मा आधारित १५ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।
इनफिनिक्स नोट ५०एक्स अहिले टाइटानियम ग्रे रंगमा उपलब्ध छ। इनफिनिक्सले यो स्मार्टफोन नेपालभरका मोबाइल पसलहरूमा तथा अनलाइन माध्यममार्फत बिक्रीमा ल्याएको जनाएको छ।



