मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालको स्वास्थ्य प्रणालीमा नयाँ प्रयोग, ट्रमा सेन्टरमा ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’

नेपालको स्वास्थ्य प्रणालीमा नयाँ प्रयोग, ट्रमा सेन्टरमा ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’

स्वास्थ्यमन्त्रीद्वारा शुभारम्भ

images
२०८२ जेठ १४ गते, बुधवार
२०८२ जेठ १४ गते, बुधवार
  • काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले कुनै पनि दुर्घटनाका गम्भीर घाइतेलाई तत्कालै कुन तरिकाबाट सेवा दिने भन्ने नयाँ ज्ञान सहितको तालिम ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’ शुरु गरेको छ।

    images

    राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार सो तालिमको उद्घाटन गरेका हुन। नेपालमा नै पहिलोपटक शुरु भएको सो तालिम पाइलट प्रोजेक्टका रुपमा रहेको ट्रमा सेन्टरले जनाएको हो।

    images

    तीन दिनसम्म चल्ने सो तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको सहयोगमा शुरु भएको हो। तालिममा पहिलो ब्याचका रुपमा २४ जना मेडिकल अधिकृत सहभागी भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए।

    तालिममा राष्ट्रिय ट्रमा सेन्टर तथा वीर अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु सहभागी छन्। यस्तै ग्राण्डी अस्पताल, धुलिखेल अस्पतालमा कार्यरत केही चिकित्सक पनि तालिममा सहभागी भएको ट्रमा सेन्टरका  निर्देशक डा. रिजालले जानकारी दिएका हुन।

    किन तालिम?

    स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मानव जीनव बचाउन र स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धिका लागि तालिमको आवश्यकता भएको बताए। उनले भवितब्य तथा दुर्घटनाका कारण हुने मानवीय क्षती न्यूनीकरण गर्न तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको बताए।

    `यस्ता तालिमको आवश्यकता धेरै छ, दुर्घटनाका कारण हुने मानवीय क्षती न्यूनीकरण गर्न यो तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ, यसले स्वास्थ्यकर्मीको दक्षता र क्षमता अभिबृद्धिका लागि पनि सहयोग पुग्छ,´ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलले ट्रमा केयरका यस्ता तालिमले अस्पतालको सेवाको गुणस्तरीयतालाई पनि बढाउँदै लैजाने बताए।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जनशक्तिको उत्पादनमा लामोसमय लागेको न्याम्स अहिले गुणस्तरीय सेवा दिन तर्फ केन्द्रित भैरहेको बताए। उनले ट्रमा एसिसमेन्ट, इमर्जेन्सी एसिसमेन्ट जस्ता तालिमले आकस्मिक सेवामा गुणस्तरीयता माथिको विश्वाश बढ्ने बताए।

    `जनशक्तिको उत्पादनमा लामोसमय लागेको न्याम्स अहिले गुणस्तरीय सेवा दिन तर्फ केन्द्रित भैरहेको बताए। उनले ट्रमा एसिसमेन्ट, इमर्जेन्सी एसिसमेन्ट जस्ता तालिमले आकस्मिक सेवामा गुणस्तरीयता माथिको विश्वाश बढ्छ।´ बस्नेतले भने।

    उनले यस्ता तालिम अस्पतालमा कार्यरत नर्स तथा पारामेडिक्सहरुलाई पनि दिनु आवश्यक रहेको भन्दै निकट भविष्यमा दिइनु पर्ने बताए।

    राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक डा माधव लम्सालले ‘ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ’ नेपालको स्वास्थ्य प्रणालीमा नै नयाँ प्रयोग भएको बताए।

    उनले साधन र स्रोतले भ्याएसम्मका सेवा दिंदै आएका अस्पताललाई अझै गुणस्तरीय सेवा दिन इन्जुरी र ट्रमा तालिम आवश्यक भएको भन्दै यस तालिमले घाइतेको तत्कालै उपचार शुरु गर्ने नीति बोकेको बताए। 

    `यो प्रोजेक्ट नेपालको स्वास्थ्य प्रणालीमा नयाँ प्रयोग र सुरुवात हो, आकस्मिक सेवामा काम गर्ने चिकित्सक हरुलाई यो तालिम झनै महत्त्वपूर्ण र उपयोगी छ।´ डा लम्सालले भने।

    डा लम्सालले दुर्घटना, विपद जस्ता भवितब्य घटनाहरुमा कसरी काम गर्ने भन्ने विषयमा तालिम केन्द्रीत हुने बताए। 
    फ्रन्टलाइनमा खटिने चिकित्सकलाई दिइने यो तालिमले मानिसको ज्यान जोगाउन ठूलो मद्धत गर्ने उनले बताएका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend