मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एन आइ सि एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

एन आइ सि एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

images
२०८२ जेठ १३ गते, मंगलवार
२०८२ जेठ १३ गते, मंगलवार
  • काठमाडौं। एन आइ सि एसिया लघुवित्तले बागमती, कोशी र सुदुर पश्चिम प्रदेश अन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images

    शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुर पश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो।

    images

    कार्यक्रमबाट सिंगटि शाखाका ३१ जना, धाइजन शाखाका ७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरु लाभान्वित भएका छन्। संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।

    कार्यक्रममा संस्थाका प्रदेश प्रमुख देखि शाखा प्रमुख सम्मले बचतको उपयोगिता, कर्जाको सहि प्रयोग द्वारा आर्थिक जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए।

    कार्यक्रमका सहभागीहरुले आफुले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्‌नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया व्यक्त गरेका थिए। संस्थाले यस्ता कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend