मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शक्ति, प्रदर्शन र फोटोग्राफीको बेजोड संगम भिभो भी ५० लाईट नेपालमा

शक्ति, प्रदर्शन र फोटोग्राफीको बेजोड संगम भिभो भी ५० लाईट नेपालमा

images
२०८२ जेठ १३ गते, मंगलवार
२०८२ जेठ १३ गते, मंगलवार
  • काठमाडौं। अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ।

    images

    शक्तिको उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको छ।

    images

    सो स्मार्ट फोनको सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो “द लाईट शो” मार्फत गरिएको छ। कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो।

    भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री भएको कम्पनीको दाबी छ। यस्तै ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पुरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्ने बताइएको छ।

    कम्पनीका अनुसार ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिने छ।

    फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२% स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्नेछ।

    ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ। फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी हुनेछ।

    भिभो भी ५० लाईट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ। मीडियाटेक डीमेन्सिटी ६३०० (फाईभ जी) वा स्नापड्रागन ६८५ (फोर जी), यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्ने बताइन्छ।

    साथै, सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाहरूले दैनिक प्रयोगमा प्रयोगकर्तालााा ईईथप स्मार्ट अनुभव दिनेेेछन।

    फोनमा रहेको ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेराले औरा लाईट पोर्टेट र २ह गोल्डेन पोर्टेट जस्ता सुविधा प्रदान गर्छ। जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ। सेल्फीप्रेमीहरूका लागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउने छ।

    भिभो भी ५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ  ८ जीबी + २५६ जीबी स्टोरेज (फोर जी) संस्करणको मूल्य रु. ३७,९९९, र १२ जीबी + २५६ जीबी स्टोरेज (फाईभ जी) संस्करणको मूल्य रु. ४५,९९९ निर्धारण गरिएको कम्पनीले बताएको छ।

    यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहज रूपमा उपलब्ध हुने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend