मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पोखरामा मोबाइल व्यवसायीलाई सम्मान, `पुकु´ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक

पोखरामा मोबाइल व्यवसायीलाई सम्मान, `पुकु´ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक

images
२०८२ जेठ ११ गते, आइतवार
२०८२ जेठ ११ गते, आइतवार
  • पोखरा। मोबाइल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा सक्रिय डायमण्ड मोबाइल एण्ड इलेक्ट्रोनिक्सले व्यवसायीहरुलाई सम्मान गरेको छ।

    images

    पोखरामा शनिबार आयोजित कार्यक्रममा माेबाईल व्यवसायीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

    images

    कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले बजारमा मन्दीको असर भइरहँदा पनि व्यवसायीहरूको क्रियाशीलता प्रशंसनीय रहेको बताए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले व्यवसायीले बजारमा चलायमानता ल्याउन ठूलो भूमिका खेलेको बताउँदै यस्ता कार्यक्रमले अझ हौसला दिने दाबी गरे । कार्यक्रममा ‘पुको’ ब्रान्ड अन्तर्गतका नयाँ उत्पादनहरूको सार्वजनिक समेत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै `पुको’ ब्रान्डका  संचालक  उम्मित श्रेष्ठले डायमण्ड मोबाइलसँगको सहकार्यमार्फत नेपाली बजारमा गुणस्तरीय र भरपर्दो उत्पादनहरू ल्याउने लक्ष्य रहेको बताए। उनले भने, 'हामीले चार्जर, पावर ब्याङ्क, डाटा केबल जस्ता उत्पादनमा पाँच वर्षको वारेन्टीसहित विश्वासिलो सेवा दिने प्रयास गरेका छौं।'

    नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य विक्रम कडेलले संघीयताको बलमा मोबाइल व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने भन्दै सबै व्यवसायी एकतामा रहेर अघि बढेमा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।

    चितवन मोबाइल एसोसिएसनका अध्यक्ष श्रीधर रेग्मीले नयाँ प्रोडक्टहरूको प्रदर्शन र बिक्री रणनीतिमा केन्द्रित यस छलफलले सहभागीहरूलाई ग्राहकको विश्वास जित्न र बिक्री बढाउन नयाँ उपायहरूबारे प्रेरणा प्रदान गरेकाे बताए।

    कार्यक्रमकाे सञ्चालक समेत रहेका चितवन मोबाइल एसोसिएसनका उपाध्यक्ष रंजित अर्यालले व्यवसायमा सहकार्य सेवा सुधार र ग्राहक सन्तुष्टिको महत्त्वबारे आफ्नो धारणा राखे।

    कार्यक्रममा सहभागी व्यवसायीहरूले आफ्नो अनुभव, चुनौती र ग्राहक गुनासोहरूबारे विचार–विमर्श गरे।

    डायमण्ड मोबाइलका तर्फबाट भविष्यमा यस्ता कार्यक्रम, व्यवसाय अभिवृद्धिका तालिम तथा प्रविधि प्रदर्शनी आयोजना गरिने जानकारी समेत दिइएको छ। कार्यक्रममा विभिन्न व्यवसायी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend