मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हाइ एल्टिच्युडसँग जुध्दै छु, टाउको दुख्ने जिउ गल्ने स्थितिबाट हालसम्म मुक्त छु : कांग्रेस महामन्त्री शर्मा

हाइ एल्टिच्युडसँग जुध्दै छु, टाउको दुख्ने जिउ गल्ने स्थितिबाट हालसम्म मुक्त छु : कांग्रेस महामन्त्री शर्मा

images
२०८२ जेठ ८ गते, बिहिवार
२०८२ जेठ ८ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले सगरमाथा आरोहणका लागि आधारशिविरमा छन। उनी सगरमाथा चढ्न प्रशिक्षण सकाएर अघि बढेका छन।

    images

    शर्माले सामाजिक संजाल फेसबुकमा आफु हाल प्रशिक्षण सकाएर क्याम्प एक हुँदै क्याम दुई पुगेको लेखेका छन। अब आफू फाइनल तर्फ अघि बढ्ने कि फर्कने या रोटेसनमा जाने भन्नेमा परामर्शमा रहेको बताएका छन।

    images

    सगरमाथा आधारशिविरबाट उनी लेख्छन,`मे २९´ मा सगरमाथा आरोहण `क्लोज´ हुन्छ। समय केवल ६ दिन बाँकी छ। चैत दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरु अहिले कोहि आरोहणमा छन्, कोहि तेस्रो/चौथो क्याम्पमा `क्यु´ मा छन्। म यसपाली `सेमिफाइनल´ बेसक्याम्पसम्म भनेर बैशाख २७ मा पुगेको मान्छे, ट्रेनिङ सकाएको लगत्तै क्याम्प १ हुँदै क्याम्प २ पुगेको छु। अब यहाँबाट `फाइन´ अघि बढुँ कि, फर्कु कि, या `रोटेसन´ मा जाउँ? शेर्पा साथीहरूसँग आजको साँझ परामर्शमा छु।

    उनले सगरमाथा चढ्दै गर्दा पूरा गरिनु पर्ने प्रक्रियाका बारेमा पनि यस्तो लेखेक छन। त्यसक्रममा उनले सगरमाथा आरोहणका बखत प्रयोग गरिने `रोटेसन´ बारे खुलाएका छ।

    `रोटेसन_भन्नाले_? ८ हजार मिटर भन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा ६ हजार मिटर माथिको उचाइमा पुगेपछि `एक्ल्मटाइज´ गर्न फेरि १५ सयदेखि २ हजार मिटर तल तर्फ आरोहीलाई फर्काइँदो रहेछ। त्यसरी तल फर्किदा यात्रामा थप अभ्यस्त हुन र एकसाता जती आराम गर्न अनुकुल हुँदोरहेछ। यही प्रक्रियालाई `रोटेसन´ भनिँदो रहेछ।´ कांग्रेस महामन्त्री शर्माले लेखेका छन।

    उनी अगाडी लेख्छन, `सफल आरोहण र अवतरण गर्न `रोटेसन´ अत्यन्तै महत्त्वपूर्ण मानिँदो रहेछ। भारतीय सैनिकको एउटा टिम ७२ सय मिटरको क्याम्प ३ बाट फर्किएर ४४ सय १० मिटरको दिङ्बोचेमा `रोटेसन´ र आरामका लागि पुगेको मैले बैशाख २४ मा भेटेको थिएँ। अहिले बुझ्दैछु ४०/४२ दिनको समय किन लाग्दो रहेछ। भारतीय सैनिकको टिम आज जेठ ८ गते क्यामप ४ पुगिसकेको छ। आरोहण संभवत भोलि।´

    उनले आफु आँट र स्टामिना लिएर अघि बढेको भन्दै लेख्छन, `छोटो रोटेसन लिनेे कि अघि बढ्ने? दुई विकल्प। आँट र `स्टेमिना´ निरन्तर साथ छन्। `हाइ एल्टिच्युड´ सँग जुध्दै नै छु। `टाउको दुख्ने´ या `जिउ फतक्क गल्ने´ स्थितिबाट हालसम्म मुक्त छु। थोरै अनुभव, केही प्रशिक्षण र यहाँहरुको शुभेच्छा साथ छँदैछ। त्यसैले `रोटेसन´मा बेसक्याम्प झर्ने एउटा विकल्प भएपनि, समयको चाप दृस्टिगत गरेर भोलि जेठ ९ गते झिसमिसेमै क्याम्प ३ तर्फ मुभ हुनु उपयुक्त हुन्छ कि ? आजको साँझ यो टुंगो गर्दैछौं।´

    उनले माथि उक्लनु भन्दा ओर्लनु झनै कठिन हुने समेत अनुभव सेयर गरेका छन। 

    `उक्लनु भन्दा ओर्लनु कठिन_ प्रशिक्षणमा म सबल उतिर्ण भएको उक्लिनमा हो। ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महसुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ। त्यसैले अझैमाथि उक्लनुपुर्व ओर्लने क्षमता थप विकास गर्नुछ, `रोटेसन´ ले त्यो अभाव पुर्ती गर्नेछ भन्ने मानसिक र व्यवहारिक दबाब छ। श्रद्देय पासाङ ल्हामुलाई स्मरण गर्दैछु - सफल आरोहण गर्नुभयो तर अवतरणका क्रममा सदैवका लागि बिदा लिनुभयो। त्यसैले `पिकको नजिक पुग्नै त लागें´ भन्ने भावनात्मक आवेग भन्दा अवतरण योग्यता विकासका लागि `रोटेसन´ र `हाइकिङ´ को व्यवहारिक सतर्कताप्रती पनि म उत्तिकै गम्भीर छु। आजको साँझ यसबारे निधो लिनुछ।

    उनले सगरमाथा आरोहण मे २९ मा बन्द हुने बारेमा पनि लेखेका छन।

    `मे २९ मा क्लोज किन__? तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक सगरमाथा आरोहण गरेको मिति मे २८, `अन्तर्राष्ट्रिय एभरेस्ट डे´ का रूपमा यो दिनलाई मनाइन्छ। यही दिनलाई आरोहण सिजनको अन्तिम दिन मानिन्छ। `मे २९´ को अन्तिम मिति राख्नुको अर्को कारण त्यसपछि मौसम थप बिग्रने अनुभव पनि रहेछ। जेठ १५/ १६ तिर र त्यसपछि हिमपात र हिमपहिरोको प्रकोपबाट आरोहीहरुको जीवन रक्षाका लागि `समिट क्लोज´ स्वभाविक नै हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend