मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजदेखि भारतमा विद्युत् निर्यात सुरु

आजदेखि भारतमा विद्युत् निर्यात सुरु

लोडसेडिङको हल्ला मात्रै : ऊर्जा मन्त्री

images
२०८२ जेठ ७ गते, बुधवार
२०८२ जेठ ७ गते, बुधवार
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन।

    images

    मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी मंगलबार रातिबाट भारततर्फ निर्यात शुरु भएको बताए।

    images

    प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको जानकारी दिएका हुन।

    खड्काले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरुभएसँगै उत्पादन बढेपछि  आयात रोकेर निर्यात शुरु गरिएको जानकारी दिए।

    मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको   तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको बताए।

    मंगलबार मध्यरातीदेखि भारतमा ७ सय ३१ मेगावाट विद्युत बिक्री गरिसकिएको प्राधिकरणले पुष्टि गरेको छ। 

    मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिए। उनले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए।

    उनले सबै ठाउँमा विद्युत नियमित आपूर्ति भइरहेको र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको स्पष्ट पारे।

    उनले भने, “विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट बत्ती गयो भन्ने गुनासो गर्छन्, तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं। यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।”

    मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहिँ  विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे।

    “हामीसँग अहिले विद्युत् उत्पादन, आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो।” मन्त्री खड्काले भने।

    खड्काका अनुसार विगतका वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो। हावाहुरीका कारण पोल ढल्ने, मर्मतकै क्रममा लाइन काटिने तथा मानवीय त्रुटीका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरे।

    मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए। 

    यस्तै सामाजिक सञ्जालमा यथार्थ विपरीत सूचना नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न उनले अनुरोध समेत गरे।

    “हल्ला होइन, तथ्यमा विश्वास गर्नुस्। हामी उत्पादन बढाउँदैछौं, आपूर्ति सन्तुलनमा छ, र लोडसेडिङको कुनै खतरा छैन,” उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend