मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एक्सरे नेपालका कार्यकारी प्रमुख आचार्यलाई पितृ शोक

एक्सरे नेपालका कार्यकारी प्रमुख आचार्यलाई पितृ शोक

images
२०८२ जेठ ६ गते, मंगलवार
२०८२ जेठ ६ गते, मंगलवार
  • काठमाडौं। एक्सरे नेपाल डटकमका कार्यकारी प्रमुख छतेन्द्र लाचार्यलाई पितृ शोक परेको छ।

    images

    आचार्यका पिता इन्द्रबहादुर आचार्यको सोमबार हेटौंडामा निधन भएको हो। लामोसमयदेखि सुगर रोगबाट पीडित रहँदै आएका उनलाई एक्कासी असहज भएपछि हेटौंडा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    images

    मकवानपुरको कोगटेमा विसं २००२ असार १५ गते जन्मिएका  स्वर्गीय आचार्य विसं २०२४ मा ब्यवसाय गर्ने शिलशिलामा ठोरी पुगेका थिए।

    ठोरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुधारका लागि महत्त्वपूर्ण योगदान दिएका आचार्य पुर्व प्रधानपन्चसमेत हुन।

    विसं २०३६ सालमा बद्रीप्रसाद गौतम ठोरीको प्रधानपन्च हुँदा गाउँसभा सदस्यमा निर्वाचित भएका उनी दल बिहीन प्रजातान्त्रिक पन्चायती ब्यवस्थामा वडा नम्बर ८ को गाससमा निर्वाचित भएका थिए। यस्तै विसं २०३७ साल पुषमा प्रधानपन्च गौतमको निधनपछि गाउँसभाले आचार्यलाई ठोरी गाउँ पन्चायतको कामु प्रधानपन्च निर्वाचित गरेको थियो। आचार्यले विसं २०४३ सम्म ठोरीको प्रधानपन्चको भुमिका निर्वाह गरेका थिए।

    स्वर्गीय आचार्यले २०३७/०३८ सालमा सरस्वती माध्यमिक विद्यालय  ठोरीको विद्यालय संचालक समितिको अध्यक्ष निर्वाचित भएर तीन कार्यकालसम्म समाजसेवा गरे। 

    पन्चायतपछि २०४७ जेठबाट आचार्य नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। २०२४ सालमा ब्यवसाय गर्ने शिलशिलामा ठोरी पुगेका उनले त्यसबखत बाडागाउँमा ब्यवसाय सुरुवात गरे। त्यसक्रममा उनले पसलसँगै समाजसेवा पनि आरम्भ गरेका थिए।

    विसं २०२९ सालमा ठोरीको गौतमनगरमा घर बनाएपछि औषधि, किराना र कपडा पसल सुरु गरेका आचार्यले त्यसबखत ठोरी हेल्थपोष्ट संचालन गर्न आफ्नै घरमा नि:शुल्क कोठा दिएका थिए।

    आचार्यले राजनीतिसँगै ब्यवसायलाई समेत एकसाथ अगाडी बढाएका थिए। ठोरीमा विद्यालय संचालन गर्न, हेल्थपोस्ट खोल्न उनको योगदान महत्त्वपूर्ण रहेको छ। आचार्यले ठोरीमा अरुले भोगचलन गरेका ऐलानी जग्गालाई विद्यालयका नाममा ल्याउन भुमिका निर्वाह
    गरेका थिए।

    आचार्यले २०५९ सालदेखि अस्थाई बसोबास बिरगंज बनाएका थिए। पछिल्लो समय आचार्य अस्थाई बसोवास (२०६६ देखि) हेटौंडा लाई बनाउदै आएका आचार्यका एक छोरा, चार छोरी र श्रीमती छन।

    स्वर्गीय आचार्यको निधनप्रति एक्सरे नेपाल गहिरो दु:ख ब्यक्त गर्दै सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्दछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend