बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हेटौंडा हुँदै काठमाडौं पुग्ने कान्ति लोकपथ अवरुद्ध

हेटौंडा हुँदै काठमाडौं पुग्ने कान्ति लोकपथ अवरुद्ध

images
२०८२ जेठ ५ गते, सोमवार
२०८२ जेठ ५ गते, सोमवार
  • मकवानपुर। वर्षाका कारण आएको बाढीले सडककको अस्थायी संरचना बगाउँदा मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ।

    images

    भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बगुवा खाेलाको डाइभर्सन आज बिहान आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार बाढीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको छ।

    सोही खोलामा रहेको पुलको एक भाग गत असाेजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको थियो।

    वर्षात लागेसँगै अब हेटौंडा काठमाडौ जोडिने सडकमा यात्रा गर्दा सडकको जानकारी लिएर मात्र यात्रा गर्न मकवानपुर प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend