काठमाडौं। एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो।
सोही दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजन गरेको थियो। ऐन्जल फाउन्डेसनको सहयोगमा संचालित शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सक सहित ९ जना चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गरेको थियो।
शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाएका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो।
ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरिएको जनाएको छ।
शिविरमार्फत ग्रामीण भुभागमा बसिवास गर्ने जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ।आगामी दिनहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पुर्याउने प्रतिबद्धता संस्थाले गरेको छ।



