मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भिभो भी ५० लाईट नेपाली बजारमा भित्रदैं, स्टाइल र स्मार्टनेससँगै के छ विशेषता?

भिभो भी ५० लाईट नेपाली बजारमा भित्रदैं, स्टाइल र स्मार्टनेससँगै के छ विशेषता?

images
२०८२ जेठ २ गते, शुक्रवार
२०८२ जेठ २ गते, शुक्रवार
  • काठमाडौं। नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

    images

    यसमा समेटिएको बहुप्रयोगी विशेषता, शक्तिशाली प्रदर्शन र प्रिमियम डिजाइनले यो स्मार्टफोनलाई प्रतिस्पर्धात्मक बजारमा अलग पहिचान दिन सक्ने संकेत गरेको छ।

    images

    दाबी गरिएअनुसार भिभो भी ५० लाईटमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्रीे हुने छ। जसले  ९० वाट फ्ल्यास चार्ज सपोर्ट गर्नेछ। यस्तो ब्याट्रीले एकै चार्जमा दिनभर साथ दिनेछ र पावर बैंकको झन्झटबाट छुटकारा दिलाउने कम्पनीको दाबी छ। यति शक्तिशाली ब्याट्रीको बाबजुद, यो फोन सिर्फ ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउने अनुमान गरिएको छ। जसले डिजाइन र शक्तिबीचको सन्तुलन कायम राख्नेछ।

    यस्तै परफर्मेन्स तर्फ भिभो भी ५० लाईटमा मीडियाटेक डीमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ। जस्ले गेमिङ गर्दा होस् वा मल्टिटास्किङ सहज अनुभव प्रदान गर्नेछ।

    साथै, यसमा कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता टिकाउपन र सुरक्षा सुनिश्चित गर्ने विशेषता समावेश गरिएको चर्चा छ। जसले दिगोपन र सुरक्षालाई थप बलियो बनाउनेछ।

    डिजाइन पक्षमा भिभो भी ५० लाईट ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइलमा आउनेछ। जसमा १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप लेभल फिनिश हुनेछ। एस जि एस लो ब्लू लाईट सर्टिफिकेसनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८००–निट्सको पिक ब्राइटनेसले बाह्य उज्यालोमा पनि प्रस्ट दृश्य देखिनेछ।

    क्यामेरा तर्फ हेर्दा भिभो भी ५० लाईटमा ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ। जसको औरा लाईट पोर्टेटसुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ। ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउनेछन्।

    भिभो भी ५० लाईटका यी सबै विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्ताहरूमा उत्साह थपेको छ। यो फोनले शैली, शक्ति र स्मार्ट प्रविधिको त्रिवेणीको रूपमा नेपाली बजारमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend