मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

images
२०८२ जेठ १ गते, बिहिवार
२०८२ जेठ १ गते, बिहिवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।

    images

    इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले मूल्य घटाइएको निगमले जनाएको छ।

    images

    घटेको नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम हुनेछ। यस्तै सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँमा उपलब्ध हुनेछ। अन्य स्थानहरूमा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १३९ रुपैया ५० पैसा पर्नेछ।

    घटाइएको नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend