काठमाडौं। काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियोको मंगलबार प्रधानमन्त्री निवास वालुवाटारबाटै निर्माण आरम्भ गरेका हुन।
सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेपा निर्माण नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए। चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे पनि अब बन्ने प्रक्रिया अघि बढेको बताएका हुन।
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो।
“त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाैँ। यसको लागि बजेट विनियोजना हुन्छ। थालेपछि सफल हुुन्छ। यसलाई पनि सफल बनाउनुुपर्छ। यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ।’’, प्रधानमन्त्री ओलीले भने।
उनले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएको भन्दै अघि भने,`अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन। हामी सिने क्षेत्रप्रति सँधै सकारात्मक र सहयोगी छौं।’’
बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए।
कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको उनले स्पष्ट पारे।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए।



