मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी हाे : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी हाे : मन्त्री पाण्डे

images
२०८२ बैशाख २९ गते, सोमवार
२०८२ बैशाख २९ गते, सोमवार
  • काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी भएकाे बताएका छन।

    images

    साेमबार २५६९ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ काे मूल समाराेहलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमी भएकाे बताएका हुन।

    images

    `लुम्बिनी साझा श्रद्वा र शान्तिकाे भूमि हाे। बुद्व समस्त मानवताको साझा ज्याेति हुनुहुन्छ। उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ। उहाँको बुद्ध करूणा, ज्ञान, सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिकाे सन्देश विश्वभर फैलाउन सकिएकाे छ।´ मन्त्री पाण्डेले भने।

    मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन  केन्द्रकाे रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेकाेस्क्मेत बताए। यस्तै उनले लुम्बिनीकाे बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउने विश्वाससमेत व्यक्त गरे।

    `हामीबीच विभिन्न, धर्म, संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिकाे चिन्तन गरी सम्पूर्ण मानव जातिको कल्याणकाे कामना गर्ने पावन भूमि स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि  अघि बढाउँदै यसकाे दिव्यता र पवित्रतालाई पुस्ताै पुस्तासम्म कायम गर्नु हाम्राे साझा कर्तव्य हाे।´ मन्त्री पाण्डेले भने।

    मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेकाे पनि बताए। काठमाडौं बाहिर रहेका भैरहवा र पाेखरा विमानस्थल सञ्चालनका लागि बनेकाे कार्ययोजना तयार भई लागू भएपनि कार्यान्वयनमा अझै केही समस्या रहेकाे उनले बताए। पाण्डेले आगामी जेठ सात गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयकाे बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend