मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडामा बीएन ब्राण्डका ३० उत्पादनको प्रदर्शनी, विशेष अर्डरमा विशेष छुट

हेटौंडामा बीएन ब्राण्डका ३० उत्पादनको प्रदर्शनी, विशेष अर्डरमा विशेष छुट

images
२०८२ बैशाख २७ गते, शनिवार
२०८२ बैशाख २७ गते, शनिवार
  • हेटौंडा। नेपालमै मोबाइलका डाटा केवल र चार्जर उत्पादन गर्दै आएको बीएन ब्राण्डले मोबाइल ब्यवसायी महासंघको हेटौंडा साधारणसभाको प्रदर्शनी स्थलमा बिभिन्न ३० उत्पादनलाई विशेष प्रदर्शनीका लागि ल्याएको छ।

    images

    महासंघको शनिबार हुने साधारणसभाका लागि बीएन टीम प्रदर्शनी स्थल हेटौंडा पुगिसकेको छ। जहाँ बीएनले आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

    images

    बीएन ब्राण्डका संचालक विष्णु न्यौपानेले हेटौंडामा हुने महासंघको साधारणसभाको प्रदर्शनीका लागि आफ्नो कम्पनीको तर्फबाट सबै तयारी पूरा भएको जानकारी दिए।

    `हामी हेटौंडा आएर साधारणसभा स्थलमा प्रदर्शनीका लागि आफ्नो कम्पनीको तर्फबाट सबै तयारी पूरा गरेका छौं, देशभरबाट आउनुभएका ब्यवसायी साथीहरूका लागि हामीले ३० वटा उत्पादन लिएर आएका छौं।´ संचालक न्यौपानेले भने।

    न्यौपानेले हेटौंडा साधारणसभामा मोबाइल एसोसरिजका बीएन उत्पादन अर्डर गर्ने ब्यवसायीहरुका लागि विशेष अर्डरमा विशेष अफरसमेत ल्याएको जानकारी दिए।

    न्यौपानेका अनुसार प्रदर्शनी स्थलमा रहेको स्टलमा बीएनका उत्पादनको विशेष अर्डर गर्दा ५० हजार माथिका सामानमा पाँच र एक लाख भन्दा माथिका सामान अर्डर गर्दा सात प्रतिशतसम्म नगद छुट पाइनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend