मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक : दिउसै हिंडेका यात्रु अलपत्र

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक : दिउसै हिंडेका यात्रु अलपत्र

images
२०८१ आश्विन ३० गते, बुधवार
२०८१ आश्विन ३० गते, बुधवार
  • काठमाडौं। गत ११ र १२ असोजमा आएको बाढीले अबरुद्ध बनाएको बीपी राजमार्ग खुलाएको सडक डिभिजन कार्यालय भक्तपुरले रातिको समयमा भने सवारीसाधन चलाउन रोक लगाएको छ।

    images

    सडक डिभिजन भक्तपुरले बुधबार (आज) सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्रर्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना भएको भन्दै बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल-भकुण्डेबेसी-वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो।

    images

    रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्रर्याक निर्माण गरी गत सोमबारदेखि आवागमन खुलाइएको थियो।

    सो सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ। तर राजमार्ग सुचारु भएका खबर पाएर सो बाटो हुँदै दिउसै यात्रामा निस्किएकाहरु भने बाटोमा नै अलपत्र परेका छन्।

    सडक डिभिजन कार्यालय भक्तपुरले ढिला गरी सुचना प्रकाशित गरेको भन्दै केहीले सामाजिक संजालमासमेत आक्रोश पोखेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend