मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा हेटौंडामा, मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा हेटौंडामा, मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

images
२०८२ बैशाख १७ गते, बुधवार
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ।

    images

    बैशाख २७ गते हेटौंडामा हुने साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्ने मंगलबार हेटौंडामा पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो।

    images

    महासंघका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभा मुल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले साधारणसभामा देशभरबाट करिब एक हजार मोबाइल ब्यवसायी सहभागी हुने जानकारी दिए।

    `साधारणसभामा देशभरका ६० जिल्ला, ७ प्रदेश र महासंघ केन्द्रीय नेतृत्व गरी करिब एकहजार व्यवसायी सहभागी हुने छन।´ आचार्यले पत्रकार सम्मेलनमा भने।

    मुद्दामा हुनेछ बहस

    हेटौंडा साधारणसभामा मोबाइल ब्यवसायीका साझा समस्याका रुपमा रहेका विषयलाई एजेन्डाको विषय बनाइने केन्द्रीय उपाध्यक्ष तथा आयोजक समितिका संयोजक आचार्यले जानकारी दिए। उनका अनुसार मोबाइल खरिदविक्री, सेकेन्ड ह्यान्ड कारोबार, मर्मत लगायतमा देखिएका नीतिगत समस्याका विषयमा साधारणसभामा छलफल हुनेछ।

    यसैगरी मोवाइल विक्रीमा देखिएको अस्वभाविक प्रतिस्पर्धा र यसले व्यवसायमा पारेको असर तथा समाधानका उपायहरूबारेमा पनि खुला र बन्द सत्रमा छलफल हुनेछ।

    `मार्जिन´को विषय पनि उठ्दै

    हेटौंडा साधारणसभामा ब्यवसायीहरुले मोबाइल विक्री मार्फत ब्यवसायीलाई प्राप्त हुने मार्जिनका विषयमा समेत छलफल हुने बताइन्छ। यसअघि भक्तपुरको नगरकोटमा भएको पहिलो केन्द्रीय समिति बैठकले उठाएको मार्जिनको विषय हेटौंडामा पनि साधारणसभाको छलफलको विषय बन्ने बताइन्छ।

    ब्यवसायीलाई दक्ष बनाउन बाटो खोलिंदै

    हेटौंडा साधारणसभामार्फत मोबाइल ब्यवसायी महासंघले बढ्दो विदेशिने युवा जनशक्तिलाई रोकेर स्वदेशमा नै दक्ष बनाउन देशभरका स्थानीय तहलाई आग्रह गर्ने बताइएको छ। जसले ब्यवसायीलाई पनि उर्जा थप्ने र नयाँ दक्ष जनशक्ति उत्पादन गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य महासंघले लिएको छ। त्यसका लागि हेटौंडाबाट महासंघले स्थानीय तहहरुलाई आह्वान गर्नेछ।

    विभिन्न १० ब्राण्डका स्टल

    हेटौंडा साधारणसभामा मोवाइल कम्पनी तथा एसोसरिज कम्पनीहरु गरी विभिन्न १० वटा स्टल रहने छन। राभोज मोबाइल, साओ मि मोबाइल, बीएन ट्रेडर्स, अल्टिमा, माइ पावर, आरती चार्जर उद्योग र नोइज लगायतका कम्पनीहरुको स्टल रहनेछ।

    ती स्टलबाट सामान बुक गर्दा कम्पनीहरुले देशभरका ब्यवसायीलाई विशेष सहुलियतसहितका अफर दिने तयारी गरेका छन।

    हेटौंडा–४, मेनरोडस्थित रोयल पार्टी प्यालेसमा हुने साधारणसभामा सहभागी हुन प्रतिनिधिहरु बैशाख २६ गते नै हेटौंडा आइपुग्ने छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend