मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

images
२०८२ बैशाख १६ गते, मंगलवार
२०८२ बैशाख १६ गते, मंगलवार
  • काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ।

    images

    पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो।

    images

    यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआइ ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा सुनील श्रेष्ठले पत्थरीसम्बन्धी निःशुल्क ओपीडीमा सेवा दिनेछन।

    अस्पतालका अनुसार बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध हुनेछ।
     
    निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्नसमेत अस्पतालले आग्रह गरेको छ।

    नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि विभिन्न रोगको निःशुल्क ओपीडी सञ्चालन गर्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend