मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा १२ को परीक्षा रोकिंदैन : परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा रोकिंदैन : परीक्षा बोर्ड

images
२०८२ बैशाख ९ गते, मंगलवार
२०८२ बैशाख ९ गते, मंगलवार
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ बाट हुने कक्षा १२ को परीक्षा नरोकिने बताएको छ।

    images

    मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले ५ लाख भन्दा बढी परीक्षार्थीको भविष्य जोडिएको परीक्षा सेन्सेटिभ विषय भएकाले नरोक्ने निर्णय बोर्ड बैठकले गरेको जानकारी दिए।

    images

    शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुनेकी नहुने अन्योल रहँदै आएको थियो। तर परीक्षा बोर्डले परीक्षा नरोक्ने प्रष्ट परेको हो।

    देशभरका सरकारी विद्यालयका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं केन्द्रित छन। उनीहरू परीक्षा संचालन गर्न नदिने बताउँदै आइरहेका छन।

    बोर्डका अध्यक्ष डा शर्माले भने, `परीक्षा केन्द्र संचालन भैसकेको छ, केन्द्र तोकिएको छ, हरेक विद्यार्थीको चाहना समयमा नै परीक्षा होस भन्ने छ, अभिभावकहरुबाट पनि अनुरोध आएको छ, परीक्षा संचालनका लागि आवश्यक तयारी गर्न शिक्षक लयायत सबैसँग अनुरोध गर्ने निर्णय भयो।´

    शिक्षकहरू भने २०२८ सालमा जारी भएको शिक्षा ऐन खारेज हुनुपर्ने मागसहित आन्दोलनमा छन। मंगलबार आन्दोलन २१ दिनमा आइपुग्दा पनि सरकार र शिक्षक महासंघ बीच सहमति हुन सकेको छैन।

    आन्दोलन लम्बिदैं जाँदा शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा नै दिइसकेकी छिन। जसका कारण आन्दोलनलाई थप बल पुगेको शिक्षकहरू बताउँछन।

    सरकारले भने महासंघले उठाएका सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै आइरहेको छ। शिक्षा मत्रीको राजिनामा आएसँगै प्रधानमन्त्री केपी शर्मा ओली झनै दबाबमा परेका छन।

    आन्दोलनरत पक्षले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत माग राख्दै आइरहेका छन।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend