बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कक्षा १२ को परीक्षा सर्न लागेको हो?

कक्षा १२ को परीक्षा सर्न लागेको हो?

images
२०८२ बैशाख ९ गते, मंगलवार
२०८२ बैशाख ९ गते, मंगलवार
  • काठमाडौं। शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुनेकी नहुने अन्योल भएको छ। देशभरका सरकारी विद्यालयका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं केन्द्रित हुँदा कक्षा १२ को परीक्षा अन्योलमा परेको हो।

    images

    परीक्षाको सम्बन्धमा छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

    images

    बैठकले परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिएका हुन। 

    `बैठकमा परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुन्छ, बैठकले जे निर्णय गर्छ त्यही हुन्छ।´ डा शर्माले भने।

    शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन्।

    शिक्षकहरू २०२८ सालमा जारी भएको शिक्षा ऐन खारेज हुनुपर्ने मागसहित आन्दोलनमा छन। मंगलबार आन्दोलन २१ दिनमा आइपुग्दा पनि सरकार र शिक्षक महासंघ बीच सहमति हुन सकेको छैन।

    आन्दोलन लम्बिदैं जाँदा शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा नै दिइसकेकी छिन। जसका कारण आन्दोलनलाई थप बल पुगेको शिक्षकहरू बताउँछन।

    सरकारले भने महासंघले उठाएका सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै आइरहेको छ। शिक्षा मत्रीको राजिनामा आएसँगै प्रधानमन्त्री केपी शर्मा ओली झनै दबाबमा परेका छन।

    आन्दोलनरत पक्षले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत माग राख्दै आइरहेका छन।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend