काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ।
यही वैशाख ६, २० र २७ गते निःशुल्क ओपीडीमा अस्पतालका जीआइ, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा प्रकाश चौधरीले सेवा दिनेछन।
ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहने अस्पतालले जनाएको छ।
ओपीडी बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ भने यो सेवा लिन अस्पतालको फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।



