मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सामसङको ग्यालेक्सी एस२५ अल्ट्रामा १ टीबी स्टोरेज क्षमता, अरु केके छन विशेषता?

सामसङको ग्यालेक्सी एस२५ अल्ट्रामा १ टीबी स्टोरेज क्षमता, अरु केके छन विशेषता?

images
२०८२ बैशाख ५ गते, शुक्रवार
२०८२ बैशाख ५ गते, शुक्रवार
  • काठमाडौं। नेपाली बजारमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्राले ग्राहकको ध्यान तान्न थालेको छ।

    images

    १ टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा केही दिन अघि नेपाली बजारमा सार्वजनिक भएको हो। सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको थियो।

    images

    १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू सबै सुरक्षित राख्न सहज हुने कम्पनीको दाबी छ। कम्पनीका अनुसार, यस भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा उपलब्ध छ।

    सामसङको एआई–फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ।

    स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन्।

    सामसङका अनुसार यो भेरियन्ट बुधबार (वैशाख ३)देखि देशभरका आधिकारिक स्टोरमार्फत विक्री सुरु भैसकेको छ।

    दुई आकर्षक कलर टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ पर्छ भने यसमा १२ जीबी र्‍याम पाइनेछ।

    यस्तै सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ। एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्स समेत उपलब्ध छ।

    साथै ग्राहकले आफुसँग भएको पुरानो मोबाइल फोन साटेर नयाँ एस२५ सिरिज लिन सक्ने सुविधालाई पनि उपयोग गर्न पाउने छन। यो सुविधा ‘सबकोफोन’ र ‘अर्कोस्टोर’ मार्फत उपलब्ध हुने सामसङ नेपालले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend