मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

images
२०८२ बैशाख ५ गते, शुक्रवार
२०८२ बैशाख ५ गते, शुक्रवार
  • सिन्धुपाल्चोक। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप ब्यवस्थित गर्न निर्देशन दिएकी छन।

    images

    यहाँस्थित नाका र भन्सार कार्यालयको शुक्रबार निरीक्षण गर्दै परराष्ट्र मन्त्री राणाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन। सो नाकाबाट वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने गरेको छ।

    images

    निरीक्षणका क्रममा राणाले नाका ब्यवस्थित गर्नका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने बताउँदै तातोपानी नाका पर्यटन प्रवर्द्धनका हिसाबले पनि महत्त्वपूर्ण रहेको बताइन। 

    उनले चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबार जानका लागि पनि सहज हुने भएकाले तातोपानी नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिइन।

    सो क्रममा मन्त्री डा राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ-कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताइन। यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend