मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

images
२०८२ बैशाख २ गते, मंगलवार
२०८२ बैशाख २ गते, मंगलवार
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    images

    आयल निगमले आज राति देखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। घटाइएको मूल्य अनुसार पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्गमा क्रमश: फरक फरक मूल्य लागू हुनेछ।

    images

    जस अनुसार अब पेट्रोल १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यी मूल्यहरू क्रमशः १६० रुपैयाँ ५० पैसा, १६२ रुपैयाँ र १६३ रुपैयाँ थियो।

    त्यस्तैगरी, डिजेल र मट्टितेलको मूल्य पनि घटाइएको छ। अब यी इन्धनहरू क्रमशः १४३ रुपैयाँ ५० पैसा, १४५ रुपैयाँ र १४६ रुपैयाँमा पाइनेछन्, जुन पहिले १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १४९ रुपैयाँ थियो। 

    नेपाल आयल निगमका अनुसार मूल्य समायोजनको निर्णय भारतको इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा गरिएको हो। नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ १५ पैसा र डिजेलमा २ रुपैयाँ ६२ पैसाले मूल्य घटेर आएको थियो। 

    निगम सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएकाले उपभोक्ताहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। निगमले इन्धन वितरणमा सहजता, शुद्धता र पारदर्शितालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend