भक्तपुर। नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ सुरु भएको छ।
भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो।
महोत्सवमा आज नयाँ वर्षको दिन कुलेन्द्र बिश्वकर्मा,विश्व केसी, गणेश नेपालीलगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिने छन्। यहाँ राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ। टिकट शुल्क ८० र ५० रुपैयाँ तोकिएको छ।



