मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

युवा साहित्य सम्मेलन

वक्तृत्वकला प्रतियोगितामा विनिता तामाङले जितिन १ लाख

वक्तृत्वकला प्रतियोगितामा विनिता तामाङले जितिन १ लाख

images
२०८१ चैत्र २९ गते, शुक्रवार
२०८१ चैत्र २९ गते, शुक्रवार
  • काठमाडौं । राजधानीमा सम्पन्न युवा साहित्य सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट युवाहरु पुरस्कृत भएका छन्।

    images

    वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकि विनिता तामाङ प्रथम भएकी छिन्। काभ्रे स्थायी घर भएकी उनले १ लाख रुपैंयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्।

    images

    यस्तै दिग्विजय लामिछाने दोस्रो र इशा थापाले तेस्रो पुरस्कार हात पारेका छन्। दोस्रोलाई ५० हजार र तेस्रो विजेतालाई ३० हजार रुपैंयाँ प्रदान गरिएको छ।

    निबन्ध प्रतियोगितामा मनोज बुढाले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पारेका छन्। यस्तै दोस्रो स्थान हासिल गरेकी ज्योती घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो स्थान हासिल गरेर २० हजार रुपैंयाँ प्राप्त गरेका छन्।

    जीवन आरोही राईले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पारेका छन् भने रबिना कँडेल दोस्रो र सन्तोष पौडेलले तेस्रो स्थान हात पारेका छन्। कँडेलले ३० हजार र पौडेलले २० हजार रुपैया प्राप्त गरेका छन्।

    यसैगरी गजल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर दैलेखका दिपिन सिजापतिले ५० हजार रुपैंयाँबाट पुरस्कृत भएका छन्। दोस्रो पुरस्कारबापत अंकित आचार्यले ३० हजार र तेस्रो पुरस्कारबापत खिमानन्द जोशीले २० हजार रुपैंयाँ हात पारेका छन्।

    राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागद्वारा आयोजित युवा साहित्य सम्मेलनका संयोजक रहेका कुवेर अधिकारीले अबदेखी हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिने बताए। राष्ट्रिय युवा संघको शिक्षा विभाग प्रमुख समेत रहेका अधिकारीले हरेक प्रदेशहरुमा पनि युवा साहित्य सम्मेलनको आयोजना गर्ने बताए।

    युवा साहित्य सम्मेलनमा देशभरका एक हजार दुई सय भन्दा बढीले सहभागिता जनाएका थिए। कार्यक्रममा युवा वैज्ञानिक निश्चल बाँनिया र डा प्रकाश महतलाई बिशेष सम्मान गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend