मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरको तीनकुने चौरमा महोत्सव, दैनिक उपभोग्य वस्तु किन्दा २० देखि ५० प्रतिशतसम्म छुट

भक्तपुरको तीनकुने चौरमा महोत्सव, दैनिक उपभोग्य वस्तु किन्दा २० देखि ५० प्रतिशतसम्म छुट

images
२०८१ चैत्र २९ गते, शुक्रवार
२०८१ चैत्र २९ गते, शुक्रवार
  • भक्तपुर। भक्तपुरको सल्लाघारीमा `नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ सुरु भएको छ।

    images

    भक्तपुरको तीनकुने चौरमा बिहीबारबाट महोत्सव सुरु भएको हो। महोत्सवको प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले उद्घाटन गरेका हुन। भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवकाे आयोजना गरिएको हो।

    images

    महाेत्सवकाे उद्घाटन गर्दै थापाले महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न टेवा पुग्ने बताए। उनले महोत्सवमार्फत स्थानीय सिप र पसिनाको प्रवर्द्धन हुने समेत बताए।

    आयोजक संस्था ‘औद्योगिक शान्ति नेपाल’का अध्यक्ष सन्दीप महतका अनुसार उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

    महोत्सवमा १५० भन्दा बढी स्टलहरू रहने छन। ती स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका वस्तुहरू बिक्रीका लागि राखिएको छ।

    महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स र मोबाइलका सामग्रीहरूको प्रदर्शनी समेत गरिएको छ। साथै, व्यापार तथा पर्यटनसम्बन्धी सामग्री, भाँडाकुँडा, लत्ताकपडाको प्रदर्शनी र बिक्री पनि गरिनेछ।

    बालबालिकाका लागि आकर्षक खेल साधन जस्तै रोटी पिङ, ड्रागन ट्रेन, नाउ लगायत व्यवस्था गरिएको छ। महोत्सवमा विभिन्न किसिमका परिकारहरूसहितको खाना महोत्सव, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, फेसन शो, नृत्य तथा हास्य व्यङ्ग्य कार्यक्रमहरू दैनिक रुपमा हुनेछन्।

    महोत्सवका संयोजक तथा कार्यक्रम अध्यक्ष दीपक थापाका अनुसार, यस महोत्सवमा पाँच लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको छ।

    उनका अनुसार महोत्सवमा साथै राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ। भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रे तथा आसपासका जिल्लाका बासिन्दाले यस महोत्सवको लाभ लिन सक्ने आयोजकको दाबी छ।

    महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ र अन्तिम दिन ख्यातिप्राप्त गायक–गायिकाहरूको प्रस्तुति सहित विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend