मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सडक मानवको सहयोगार्थ भक्तपुरमा लगाइएको ज्ञान विज्ञान महायज्ञमा उठ्यो ८० लाख

सडक मानवको सहयोगार्थ भक्तपुरमा लगाइएको ज्ञान विज्ञान महायज्ञमा उठ्यो ८० लाख

images
२०८१ चैत्र २८ गते, बिहिवार
२०८१ चैत्र २८ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको राधेराधेमा बेवारिसे सडक मानवको सहयोगार्थ लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ मा दाताहरुबाट ८० लाख संकलन भएको छ।

    images

    मानव कल्याण समाजको आयोजनामा चैत २१ गतेबाट भक्तपुरको राधेराधेमा आयोजना गरिएको महायज्ञमा संस्थाकी संस्थापक अध्यक्ष सुमी देवी मानवले कथा वाचन गरेकी थिइन।

    images

    महायज्ञमा संकलित रकम समाजको भवन निर्माणमा लगाइने महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले जानकारी दिए।

    महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष नरेश रंजितका अनुसार महायज्ञमा कबोल भएको रकम नगद रुपमा नै प्राप्त भएको छ भने महायज्ञभर कुल २५ लाख १८ हजार ७ सय रुपैयाँ खर्च भएको छ। यस्तै कुल संकलित रकममा खर्च कटाएर ५५ लाख २५ हजार १६ रुपैयाँ वचत भएको छ।

    देवी सुमी मानवले महायज्ञमा कथा वाचन गरेको पारिश्रमिकसमेत लिएकी छैनन। समितिले दक्षिणा बापत दिएको १ लाख  नगदसमेत उनले संस्थालाई नै हस्तान्तरण गरिदिएकी छन। यस्तै उनले वाचन गरेको श्रीमद्भागवत पुराणको पुस्तकमा भक्तजनले चढाएको ७६ हजार नगदसमेत संस्थालाई नै दिएकी छन। उनको यो कदमलाई लिएर प्रशंसा भैरहेको छ।

    महायज्ञमा भवन निर्माणका लागि स्थानीय तहहरुबाट जमिनको व्यवस्थापन गरिने प्रतिबद्धता र बागमती प्रदेश सरकारमार्फत भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्वतासमेत आएको समितिका सचिव बेद खरेलले जानकारी दिए। स्थानीय तहका नेतृत्वमा रहेका जनप्रतिनिधिको सो कदमले हौसला थपिएको खरेलले बताए।

    २०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ। 

    केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ।

    संस्थाको सक्रियतापछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएका छन भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिंदै आइएको छ।

    महायज्ञ मूल आयोजक समितिका संयोजक न्यौपानेका अनुसार महायज्ञमा उठेको रकम भवन निर्माणसहित सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापनमा खर्च गरिने छ।

    संस्थापक अध्यक्ष रहेकी मानवका अनुसार २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवा घरको सुरुवात गरिएको थियो। संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ। 

    हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ। महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघकी अध्यक्ष मानवले जानकारी दिइन्। महायज्ञ चैत्र २७ गते बुधबार समापन भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend