काठमाडौं। पुतलीसडकस्थित अल्टिमा लाइफ स्टाइल्सको नयाँ स्टोरको शुभारम्भका लागि घोषणा गरिएको नयाँ वर्ष २०८२ को ८२ जना ग्राहक लक्षित `फ्युजन ३६०´ इयरबड्स अफर अल्टिमाले ग्राहकलाई उपलब्ध गराएको छ।
गत शुक्रबार पुतलीसडकको सो स्टोरको शुभारम्भ गर्ने तयारी भएपनि ग्राहकको निर्धारित कोटा भन्दा अत्यधिक भिड भएपछि अल्टिमाले अफरको घोषणालाई तत्काल कार्यान्वयन गर्न सकेको थिएन। तर अल्टिमाले सुरुमा आउने ग्राहकको नाम र सम्पर्क नम्बरसहित रेकर्ड सुरुमा नै राखेकाले गत सोमबार ८२ जना ग्राहकलाई सामान उपलब्ध गराएको हो।
अल्टिमाका कार्यकारी प्रमुख अमित अग्रवालले घोषणा गरिएको अफर तोकिएकै मुल्यमा ८२ जना ग्राहकको हातमा पुर्याइएको जानकारी दिए।
`सोचेभन्दा फरक अवस्था भएपछि हामीले तत्कालै स्टोरबाट फ्युजन ३६० इयरबड्स ग्राहकलाई दिन सकेनौं, तर सबैको नाम र मोबाइल नम्बर पहिले नै इन्ट्री गराएकाले हामीले घोषित अफर अनुसारकै मुल्यमा सामान ग्राहकको हातहातमा पुर्याएका छौं।´ अल्टिमाका कार्यकारी प्रमुख अग्रवालले एक्सरे नेपालसँग भने।
अल्टिमाले `फ्युजन ३६०´ इयरबड्स पुतलीसडकको स्टोर ओपनिङमा ८२ जना ग्राहकलाई ३६० रुपैयाँ मुल्यमा उपलब्ध गराउने घोषणा गरेको थियो।
तर स्टोरको ओपनिङ हुने अघिल्लो रात (बिहीबार) बाटै ग्राहकहरु लाइन बस्न थालेपछि शुक्रबार बिहानसम्म ग्राहकको भिड अत्यधिक भएको थियो। भिड ब्यवस्थापनका लागि प्रहरी नै खट्नु पर्ने अवस्था बनेपछि अल्टिमाले तत्कालका लागि सो अफर स्थगित गरिएको सुचना जारी गरेको थियो भने प्रहरीले अल्टिमाको बोर्ड नै हटाइदिएको थियो।
अल्टिमाले पुतलीसडक आसपास र नजिक हुने ग्राहकलाई स्टोरमा बोलाएरै तथा स्टोरमा आउन नभ्याउने ग्राहकलाई होमडेलीभरी मार्फत सामान पठाइएको जनाएको छ। अल्टिमाले ग्राहकलाई सामान उपलब्ध गराएको भिडियो र तस्वीरसमेत आफ्नो टिकटक पेजमार्फत सार्वजनिक गरेको छ। यस्तै कतिपय ग्राहकले आफुले सामान पाएको भन्दै फोटो भिडियो सामाजिक संजालमा हालेका छन।
अल्टिमाले पहिले आएका ८२ जना ग्राहकलाई मोबाइलमा पहिले फोन गरेर पछि म्यासेजमा लिन्क पठाएर फाराम भर्न लगाएको थियो। त्यही आधारमा ग्राहकको ठेगाना लिएर अल्टिमाले ग्राहकलाई अफरमा घोषणा गरिएको सामान अफर मुल्यमा उपलब्ध गराएको अल्टिमाकी पिआर म्यानेजर साक्षी श्रीवास्तवले जानकारी दिइन।
अल्टिमाले केही ब्यक्ति तथा अनलाइनमा सो अफरलाई झुठो वा स्क्याम भनेर गलत प्रचार गराएको भन्दै अफर वास्तविक भएकोसमेत भनेको छ।
अल्टिमाद्वारा सो सम्बन्धमा जारी प्रेस नोट:








