मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री ओलीले बुवाको हातबाट लगाए टीका : राष्ट्रपतिसँग पनि लगाउने

प्रधानमन्त्री ओलीले बुवाको हातबाट लगाए टीका : राष्ट्रपतिसँग पनि लगाउने

images
२०८१ आश्विन २६ गते, शनिवार
२०८१ आश्विन २६ गते, शनिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन्। उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन्।

    images

    साथै प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएका छन्। आजै प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।

    images

    यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ।  

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दशैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend